जलिरहेको आमाको लाशमा रबिको नजर, मन थामेर हेर्नुस भिडीयो !

काठमाडाैं / करेन्ट लगेर अकाल मै ज्यान गुमाएकी रबि ओड की आमा विष्णाको आजनै गोदावरीघाटमा अन्त्यस्टी गरिएको छ । शब दाहासस्कार गर्ने क्रममा चिर शन्तिको कामना गर्दै १ मिनेट मौन धारण समेत गरिएको थियो । नियति संग कसको के लाग्दो रैछ र ? सुदुर मा रहेको शिर निहुराएर छिर्नु पर्ने छाप्रो को मझेरीमा भर्खरै दियो बलेको बेला तेल थप्दै बात्ति उकस्नेलाई अकस्मात समयको हुरीले उडाएर लग्यो ।नेपाल आइडलको ताज पहिरिएर आमाको पाउ परेर आशिर्बाद लिन नपाउदै रबि ओड दोश्रो पटक मातृ बियोगमा परेका छन् ।

आफ्नो कोख भराएर संसार देखाउने आमा सानैमा बिते पनी रविले सौतेलो काखको कहिले महशुस गरेनन । विष्णाले रविलाई आमाको त्यो अपार प्रेम दिइन ताकी रबि त्यहि काखमा लुटपुटियो बढ्यो अनि देश दुनियाले चिन्ने हैसियत मा पुग्यो ।नेपाल आइडल को दोश्रो सस्करण को उत्कृष्ट ४ मा पुगे पछी लेही दिन अगी आमाको चरण मा स्पर्श गर्न पुग्दा निकै भाबुक बनेका थिए ।हर्ष का अशु उनीहरुले त कति बगाए बगाए हेर्ने र देख्ने ले समेत उतिनै बगाए ।त्यस पछी रबि काठमान्डौ फर्किएर नेपाल आइडलको बिजेता बने ।कलाले एकाएक बदलिएको दैनिकी अभ्यस्त हुन सकिरहेका थिएनन उनि ।

आईडल जिते पछी शहरबाट बाबालाई फर्काउने र शिर झुक्न नपर्ने गरि टायलको छानो फेर्ने सपना थियो ।तर बुधबारको बिहान ले रविलाई त्यो दुखद संदेश दियो ।आफुलाई कर्म दिने आमा आड अडेस र आधार दिने दलिन विष्णा ओड रहिनन भनेर । आफु पिडा अभाब गरिबीको जातोमा पिधिएर पानी मायाको राप दिएर हुर्काएको छोराको सफलता बाड्न नपाउदै विष्णाको अबसान भएको छ । बुधबार बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…