छबीलाल र स्मिताको रोमान्स (भिडियो सहित)

गायक रिदम राईको ‘पल पल हरेक पल तिम्रै याद’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक राईकै शब्द र संगीत रहेको उक्त गीत ‘जिन्दगी’ एल्बममा समावेश सो गीतको भिडियो सार्वजनिक भएको हो । उक्त गीतको भिडियोमा मिस्टर उर्लाबारी छबीलाल विक र स्मिता राईले रोमान्स गरेका छन् । छबीलालको यो पहिलो भिडियो हो भने स्मिताले केही भिडियोमा काम गरिसकेकी छिन् । गोकुल खनालले छायांकन रहेको छ भने सह–छायांकन सुवर्ण धिमालको रहेको छ । सो भिडियोको निर्देशन विवेक हिङमाङले गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Loading...