कोमल वलीसँग मिलेर सुमित्राले ल्याइन्  फूल जस्तो जोबन , भिडियो बन्यो भाइरल (भिडियाे)

काठमाडौँ । हरेक वर्षका तीजमा पोइला जान पाम, लगायतका गीतहरु सार्वजनिक गरेर चर्चा कमाएकी चर्चित गायिका कोमल वलीले यस वर्ष भने भिन्न शैलीको गीतमा स्वर दिएकी छिन् । सुमित्रा कोइराला दाहालले फूल जस्तो जोबन बोलको तीजको गीतको भिडियो सार्वजनिक गीतमा कोमल वली र सुमित्रा कोइराला दाहालकै स्वर रहेको छ भने लय तथा शब्द पनि सुमित्रा कोइराला दाहालकै रहेको छ । गीतमा एरेन्जर सूदिप सागरले गरेका छन भने कामना डिजिटल उत्पादन तथा वितरक रहेको छ ।

गीतमा कोमल वलीका साथै सुमित्रा रितु , कृष्ण र सुयोगको अभिनय रहेको छ । जसमा निर्देशन बिक्रम चौहानले गरेका छन् । बासु बरालको छायाकंन रहेको गीतमा सम्पादन अनुप शिवाकोटीको रहेको छ । जुन गीतले बजारमा आए लगत्तै राम्रो चर्चा बटुलिरहेको छ ।

तपाईको प्रतिक्रिया