कैलालीमा ट्रकको ठक्करले युवतीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मंगलबार बिहान ना ५ ख ९२३३ नम्बरको ट्रकले साइकल यात्री १९ बर्षिय सुनिता रावललाई ठक्कर दिदा उनको घटनास्थल मै मृत्यु भएको थियाे ।

ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतीपूर्ती दिन माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेपछि यातायात सेवा ठप्प भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नीरिक्षक लाल बहादुर साउँदले स्थानीयले लम्की बजारमा प्रर्दशन गर्दै राजमार्ग अवरुद्ध गरेपछि यातायात सेवामा अवरोध सिर्जना भएको बताए । अहिल लम्किको अवस्था तनावग्रस्त छ र लम्की प्रहरी त्यसकै नियन्त्रणमा लागेको छ ।
साभार श्राेत : दिनेश खबर

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…