के होला श्रृङखलाको रिजल्ट ? प्रतीक्षामा नेपाल, मिस वर्ल्ड आज ४:४५ बजेदेखी यो टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ

ईटहरी/ चिनको सान्यामा जारी ६८ औ मिस वर्ल्डको आज फाईनल हुदैछ । जसमा प्रमुख दाबेदारिको रुपमा खडा भएकि छिन मिस नेपाल २०१८ श्रृङखला खतिवडा । उनलाई नेपालको मात्र हैन अन्य देशकाहरुले पनि सपोर्ट गरिरहेको यथार्थ सबैमाझ छर्लङ्ग छ । उनको चर्चा मिस नेपालमा हुँदै थियो जस्लाई मिस वर्ल्डमा पुगेर पनि निरन्तरता दिइन ।

उनको सौन्दर्यता त छदै छ संगै सामाजिक कार्य, प्रस्तुति शैली, निडर, देशप्रतिको माया र आत्मविश्वासको कारण उनलाई बिगतको मिस नेपाललाई भन्दा बढी प्रखर मानिएको छ । नेपालीहरुको भोट र सपोर्ट सहित उनी हेड टु हेड च्यालेन्जमा समूह बिजेता बन्दै हेड टु हेडको उत्कृष्ट ३० मा पर्न सफल भईन् । तर अर्को चरणको राउन्डमा भने उनले पराजय बेहोर्नु पर्यो ।

तरपनी मल्टिमिडिया र ब्युटी विथ पर्पस अवार्ड उनको लागि फाईनलमा पुग्ने एक मात्र बाटो थियो । अन्तत उनले यो २ अवार्ड नै एकसाथ जितेर नया ईतिहास रचिन । ईतिहास यसकारण रचियो कि, मल्टिमिडिया र ब्युटी विथ पर्पस अवार्ड फास्ट ट्र्याकको अवार्ड हो । फास्ट ट्र्याक भन्नाले मिस वर्ल्डको फाईनल राउन्डमा पुग्ने छोटो र छिटो बाटो हो । यसरी २ अवार्ड एकसाथ जित्ने प्रतियोगी मिस वर्ल्डको ईतिहासमा शृङ्खला नै पहिलो भएको समाचार छ ।

आज हुने फाईनलमा नेपाली हरु उनले मिस वर्ल्ड २०१८ को ताज लगाउदै ६८ औ मिस वर्ल्ड भएको हेर्न व्यग्र प्रतिक्षारत छन् । तर उक्त कार्यक्रम कहाँ कसरी हेर्ने भन्ने कुरा अझै पनि केहि नेपालिहरु अन्यौलमा छन् । तर हिजो माल्भिका सुब्बाले फेसबुकमा एक पोस्ट गर्दै यो अन्यौलतालाई पन्साएकी छिन् । नेपाली समय अनुसार ४:४५ बजेदेखि जुम टिभीमा मिस वर्ल्डको प्रत्यक्ष प्रसारण हेर्न सकिने छ ।

यतिबेला उनको भोटिङ लाईन पनि खुल्ला रहेको छ । मिस वर्ल्डको आधिकारिक वेबसाईटमा गएर शृङ्खलालाई भोट गर्न सकिनेछ भने मोबस्टार डाउनलोड गरेर पुरानै तरिकाले उनलाई भोट गर्न सकिन्छ । र उनलाई भोट गर्न मोडल पावर लाईभ मार्फत पनि भोट गर्न सकिने कुरा मिस वर्ल्डको पेजमा उल्लेख छ । भोटिङ लाईन आज मिस वर्ल्ड फाईनलको लाईभ टेलिकास्टको बेला सम्म खुल्ला हुने छ । यता श्रृङखलाको हौसलालाई अझै बढाउनको लागि उनको आमाबुबा सहित एक टोलि चीन पुगिसकेको छ । सम्पुर्ण नेपालिको आशलाई शृङ्खलाले निरासामा परिणत गर्ने छैनन् भन्ने कामना गर्दछौ । भोट कसरी गर्ने त ? अझै बिस्तृतमा हेर्नुस् ।

१) तपाईको मोवाईलमा Mobstar भन्ने App डाउनलोड गर्नुहोस अनि शृंखला खतिवडाको फोटो, पोस्टहरु लाइक सेयर र कमेन्ट गर्नुहोस ।पहिले यो एप्स डाउनलोड गर्नुहोस अनि तपाइको फेसबुक एकाउन्ट वा कुनैपनि ईमेल एकाउन्टबाट लगइन गरेर शृंखलाको भेरीफाईड (निलो टिक लगाएको) प्रोफाइलमा गएर भोटिंग गर्नुहोस।

२) मिस वल्र्डको आधिकारिक वेबसाइट https://missworld.com/#/contestants मा गएर श्रृंखलालाई भोट गर्ने

४. https://missvo.modelpowergd.com/en/?id=1&fbclid=IwAR3z-mn7RVzqKiZBU3BDZFTIhiUahi4tbSm5pQsN1HdFvbWV_mUYtD4CC6U#/detail?id=90 मा गएर उनको फोटो लाइक गर्ने ।

नेपाली समय अनुसार साझ ४:४५ देखि ७:४५ बजे सम्म मिस वर्ल्डको फाईनल कार्यक्रम संचालन हुनेछ । सो समय सम्म भोटिङ लाईन खुल्ला रहने छ । यसैले पनि भोट गर्नको लागि समय आज दिनभर रहेको छ । देश विदेशमा छरिएर रहेका नेपाली तथा शृङ्खलाको सुभचिन्तकहरुले चाडो भोट गर्न आग्रह गर्दछौ । श्रृङखलालाई सुभकामना ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…