कृष्ण खवासको नयाँ गीत ‘जीवन जिउनु अति उत्तम’ सार्वजनिक (भिडियोसहित)

विराटनगर / गायक कृष्ण खवासले नयाँ गीत बजारमा ल्याएका छन् । उनले आफ्नै कथा बोकेको ‘जीवन जिउनु अति उत्तम’ बोलको गीत बजारमा ल्याएका हुन् । गीतमा कृष्णकै शब्द रचना तथा संगीत संयोजन रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा भने सागर श्रेष्ठ र सबिता खवासको अभिनय रहेको छ भने उक्त गीत रोशन बान्तवाले एरेन्ज गरेका हुन् । उत्तम पोखरेलप्रति समर्पित सत्य घटनामा आधारित गीत तथा भिडियोलाई कृष्ण आफैंले निर्देशन गरेका हुन् ।

सोम मंगरातीको छायांकनमा बनेको सो भिडियोमा शीरकुमार साम्पाङ र बसन्त राईको सम्पादन छ । लामो समयदेखि संगीत क्षेत्रमा संघर्षरत कृष्णले थुप्रै गीतमा आफ्नो आवाज भरेका छन् ।

वि.सं २०७० सालमा एनटिभी प्लसबाट प्रशारण भएको कार्यक्रम ‘नेपाल आइडल’का सेकेन्ड रनरअपसमेत हरेका गायक खवास विराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी आदर्श क्याम्पसबाट बीएससी गर्दै सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…