कुसुम बहिनी ! अर्चना पनेरु बनाउलान् ! (भिडियो)

प्रिय बहिनी कुसुम ! मैले पनि थाहा पाएँ, तिमी ११ मा पढ्दै गरेकी गोरखाको एउटा सामान्य किसानकी छोरी हौ । केही हप्ता अघिसम्म यो समाजका लागि गुमनाम थियौ तिमी । चर्चाको शिखरमा छौ अहिले तिमी चर्चाको चुलीमा पुग्नको कारण यौवन फक्रदैं गरेको तिम्रो तस्बीर कसैले तिमीलाई पत्तै नदिई आफ्नो मिडियामा ब्यापार गर्नाले हो ।

तिम्रो तस्बीर छापिनु राम्रो हो । अनि तिम्रो पेसाको परिचर्चा हुनु झनै राम्रो हो । खुसी छु म पनि । तर, रातारात तिम्रो परिचय नै बदलिनुचाहिँ सायद राम्रो होइन । साँच्चै, पन्ध्र दिन नबित्दै तिम्रो परिचय बदलिएको छ । कुसुमबाट तरकारीवाली, तरकारिवालीबाट मोडल, हिरोइन खै के के ?

तपाईको प्रतिक्रिया