किन रोए दिपक, दिपा र प्रियंका ? (हेर्नुहोस भिडियो)

77988356काठमाडौ / देशभर प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जालाई दर्शकले खुबै रुचाएका छन् । दर्शकको माया देखेर चलचित्रका निर्देशक र नायिकालाई रोएको खबर अहिले भाईरल बनेको छ । रिलिज भएको पहिलो दिन छक्का पञ्जा र चलचित्रको पूरै टीमको लागि निकै उत्साहजनक रह्यो । फिल्मको ब्यापारलाई हलिउड र बलिउड फिल्मले समेत असर पार्न सकेका छैनन् । काठमाण्डौको गोपीकृष्ण हलमा चलचित्र निर्माण टोली पुग्दा दर्शकको उच्च चाप देखेपछि निर्देशक दिपाश्री निरौला र नायिका प्रियंका कार्कीका आखाँ रसाए । आफूले निर्देशन गरेको पहिलो सिनेमालाई दर्शकले यति धेरै माया दिएको देख्दा दिपा र नायिका प्रियंकाले दिपकको गालामा चुम्बन गरेर खुशी व्यक्त गरे ।

एकातर्फ सबै ठाउँमा हाउसफूल भएको खबरहरु छन् भने अर्कातर्फ दिपकराज गिरीले आफ्नो फेसबुकमा स्टाटस “सबैले हाउसफूल भनेर खबरहरु लेखिरहनु भएको छ । यो गलत हो । विहानको शो हामीले सोचेको जस्तो हुन सकेन । १२ बजे पछि शो मा ८० प्रतिशत भएको बेलुकाको शोमा १०० प्रतिशत हुने आशा राखेका छौँ”लेखेका छन् । शनिबार बिदाको दिनमा यो चलचित्रले झनै धेरै दर्शक पाउने र राम्रो ब्यापार गर्नेे विश्वास निर्माण टोली र सिने पे्रमीहरुको विश्वास छ । न्यूजअभियानबाट 

तपाईको प्रतिक्रिया

Loading...