काेमल वली र पशुपति शर्माकाे “लास्टै चोटी हो”

गयो दिदि जवानीको रस
राजनीति गर बरु नेता भएर बस 
कुरो बुझ्या खोई, दिदि कुरो बुझ्या खोई
नेता बनेर देश चलाउ, किन चाहियो पोइ ।
वलीले हरेक वर्ष तीजको अवसरमा एउटा गीत ल्याउँछिन् । ‘पोइ’ जोडेर गाएका धेरैजसो गीत सार्वजनिक भएपछि उनी बेला बेला विवादमा पनि पर्दै आएकी छन् । पोइल जान पाम, गोजीमा गाँठ भाको त कहिले बदमास् रैछौ शिवजी भनेर वलीले हरेकवर्ष शिवजीसँग दुखेसो पोख्ने गर्छिन् । यसपाली पनि उनले भगवान् शिव लाई पोइ चाहियो भनेर गीत गाउने अन्तिम पटक हो भन्दै चेतावनी नै दिएकी छन् ।
यो गीत गायक पशुपति शर्माले तयार गरिदिएका हुन् । “तीज पर्व नै हिन्दु नारीको महान् पर्व हो,” वलीले  भनिन्,“तीजमा श्रीमान्का लागि वर्त बस्ने पर्व भएकाले पनि श्रीमानसँग सम्बन्धित हुन्छ । त्यसैले मैले ‘पोइ’ शब्द राखेर गीत गाउने गरेकी छु ।” तीज गीत नाच्न मिल्ने खालको रमाइलो मन पराइने भएकाले पनि यस्ता गीत आफुले गाउने गरेको उनले सुनाइन् ।
“महिलाले भगवान् शिवजीसँग आफ्ना वेदना पोख्छन्,” उनले भनिन्,“त्यसैले पनि तीजमा भगवान् शिवको महत्व रहने भएकाले शिवलाई सम्झिएर गीत गाएको हो ।”

तपाईको प्रतिक्रिया

Loading...