काठको साईकल बनाएर राजा विरेन्द्रबाट २५ सय नगद सहित सम्मान पाएका लेटाङका रार्इले बनाए धान झार्ने मेसिन (भिडियाे सहित)

लेटाङ / लेटाङका एक ब्यक्तीले स्थानिय ठाँउमा उपलब्ध भएका काठ र मोटरको सहायताले धान झार्ने मेसिन बनाएका छन् । करिव १ लाख रुपैयाको लागतमा बनेको उक्त मेसिनले अहिले धान झार्नका लागि प्रयोग भइृरहेको छ । पराल नटुक्रिने तथा अन्य कामका लागि समेत प्रयोग हुने मेसिनको आविष्कार भएपछि मेसिनको आविष्कारक लेटाङ ३ कमलपूरका ५५ बर्षीया मनिहर्क राईले मेसिनलाई अझै सरल बनाउदै लानका लागि प्रयास गरिरहेको बताए ।

उनले यो मेसिन स्थानिय ठाँउमा उपलव्ध भएका काष्ठजन्य सामाग्री र मोटरको प्रयोग गरेर वनाउन सफल भएका हुन् । मेसिन बनेपछि दैनिक २ जना कामदार सहित उहाँले गाँउमा धान झार्ने काम गर्दै अाएरहेका छन् । रार्इले भने “खेतीपातीको काम गर्ने मानिसको अभाव भईरहेको वेला उक्त मेसिन वरदान हुनेछ ।”

उनले २०४४ सालमा काठको साईकल बनाएर कुदाएपछि सर्वत्र चर्चा बटुलेका थिए भने उनकाे काठको साईकल वनाएको भन्दै राजा विरेन्द्रबाट २०४४ सालमा लेटाङको भ्रमणका वेला नगद २५ सय सहित सम्मान समेत पाएका थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया