करणको नयाँ भिडियो सार्वजानिक (भिडियो सहित)

गायक करण मुखियाको आवाजमा रहेको नयाँ म्युजिक भिडियो सार्वजानिक भएको छ । केही महिना अघि मात्र बजारमा आएको एल्वम ‘स्वर्णिम’मा रहेको ‘ बाधा नगर’ वोलको गितको म्युजिक भिडियो सार्वजानिक भएको हो । बाधा नगरमा अर्जुन सापकोटाको शब्द,मनोज राजको संगित रहेको छ । झापाको विभिन्न ठाउँमा सुटिङ्ग गरिएको सोही भिडियोमा कलात्मक तरिकाले क्रिकोणात्मक कथा बस्तु राखिएको र्निदेशक योदिन लिम्बुले बताएका छन् । यस भिडियोमा सञ्चारकर्मी रमेश तिवारी,क्रिश्टिना राई, विनोद मैनाली र अशोक लाखेको मुख्य भुमिका रहेको छ । ज्ञानेन्द्र शर्माले छायाङकन गरेको यो भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...