ईलामे यूवाहरु टन्न तानेर पैसा नतिरि टाप (भिडियोसहित)

काठमाडौं  । काठमाडौंमा कोही ब्याचलर र कोही मास्टर गर्दै गरेका ईलामे यूवाहरुले कोटेस्वरको फूलबारी मार्गको एक सोलमारीबाट पैसा नतिरी टाप कसेका छन् । पुस ८ गते साँझ मौसमले च्यालेन्ज ग¥यो साउनी भन्दै एक हुल केटाहरु हाँस्दै सोलमारी झिरे । साहुनीले पनि हाँसेरै स्वागत गरिन् । शुरुमा पुरानो पनि बाँकी नतिरेको भन्दै अडर लिन आनाकानी गरेकी साहुनीले यूवाहरुले ‘पुरानो पनि क्लियर गर्छौं, चेक दिउँ की क्यास ?’ भनेपछि हिस्सी परेकी साहुनी रिता राईले उनीहरुको सक्दो सेवा गरिन् ।

बिडम्बना, बिल लिनका लागि साहुनी टेवलमा पुग्दा उनीहरु पछाडीको ढोकाबाट भागिसकेका थिए । पढ्न बसेका यूवाहरुसँग जाडोभरी हरेक साँझ तातिने पैसा हुने कुरा पनि भएन । ईज्जददार परिवारका शिक्षित यूवाहरुले सोलमारीमा पटक पटक किन उधारो खाए त भन्ने रहस्यको पर्दाफास भने यसरी भयो । आखिर कुरा के रहेछ भने ईलाम मंगलबारेका यूवा बिमल गौतमले यो बिषयलाई समेटेर एउटा गीत लेखेका रहेछन् । त्यस गीतलाई संगीत संयोजन पनि उनैले गरे । मंगलबारेकै अर्का यूवा युगान्त रिजालले यसमा स्वर दिए ।

मंगलबारेकै दिपेन्द्र पराजुली, आशिष खनाल, शिसिर रिजाल, पंकज श्रेष्ठले त्यस गीतमा मोडललिङ गरेका छन् भने मंगलबारेकै यूवाहरु यूवा प्रकाश बराईलीले निर्देन, क्यामरा र सम्पादन गर्न उक्त सोलमारी छिरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...