असुरक्षित पथरी, पछिल्लाे ३ महिनामा आधा दर्जनकाे हत्या (भिडियाे)

पथरी । मोरङको पथरीशनिश्चरे पछिल्लो समय जिल्लाकै असुरक्षित नगर बन्न थालेको छ । पछिल्लो ३ महिनामा भएका घटनाक्रमहरुलाई हेर्ने हो भने सो क्षेत्रमा भएका आपराधिक घटनाहरु जिल्लाको सबैभन्दा बढी देखिएको छ । पछिल्ला घटनाक्रमले सो क्षेत्र सबैभन्दा असुरक्षित मानिएको छ ।

घटना १ : पथरी शनिश्चरेमा रमा बरालको हत्या भयो । हत्यापछि सिंगो नगरमा सन्त्रास फैलियो । यो घटनाको अनुसन्धानमा प्रहरी पुर्णत असफल भयो । यो घटना पछि प्रहरीप्रति जनबिश्वास समेत घटदै गयो ।

घटन २ : पथरीशनिश्चरेमा अबस्थित सिरिजंगा वनमा २ पटक २ जनाको हत्या भईसकेको छ । घटनामा प्रहरीले अनुसन्धान गरेपनि प्रहरीको अनुसन्धान फितलो नै देखियो ।

घटना ३.पथरीशनिश्चरेको जिरिखिम्तिमा झापाकी महिलाको हत्या गरी शव फालिएको अबस्थामा फेला पर्यो । सोही घटनामा पनि प्रहरीको अनुसन्धान फितलो मात्र देखिएन । प्रहरी आलोचित पनि बन्यो

घटना ४ : पथरी शनिश्चरेमा खुलेको सिक्का बारमा एक युवाको हत्या भयो । सोही घटनालाई लिएर उनका परिवार अझै आन्दोलित छन । त्यस घटनामा प्रहरी मात्र नभएर जनप्रतिनिधि समेत आलोचित बने ।

घटना ५ : पथरीशनिश्चरे १ मा कस्मेटिक पसल सञ्चालन गर्ने रिना बस्नेत को नग्न अबस्थामा शनिबार बिहान शव भेटियो । यो घटनामा पनि प्रहरी चुकेको नै देखियो ।

प्छिल्ला यी घटनाक्रमहरुले पथरी पुर्णत असुरक्षित देखिएको छ । ती सबै घटनामा प्रहरी पुर्णत असफल देखिन्छ । कुनैपनि घटनाक्रममा पथरी प्रहरीले उल्लेख्य अनुसन्धान गर्न नसकेको स्थानीयको आरोप रहेको छ । सिक्का बारमा भएको घटनामा त प्रहरी झनै आलोचित बनेको थियो । रिना बस्नेतको हत्या वा हत्या भन्ने खुलेको छैन । तरपनि यो घटनामा प्रहरी हदै सम्म चुकेको छ ।

गलत क्रियाकलाप,गुण्डागर्दी लगायत खराब कामलाई पश्रय दिएको आरोप लाग्ने गरेका पथरी प्रहरी प्रमुख कमल बजगाँई पटक पटक भएका घटनाक्रममा चुक्ने गरेका छन । पछिल्लो घटनाक्रममा समेत राति ११ बजेसम्म कन्सर्ट आयोजना गर्न दिनु र बिहान बिच बजारमा शव भेटिँदा समेत केही थाह नहुनुले प्रहरीको लाचारीपन प्रष्टाएको छ । यस बिषयमा बजगाईले कुने प्रतिक्रिया दिएका छैनन । तथापी यो घटनामा समेत प्रहरीको गम्भिर त्रुटि देखिएको छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…