राष्ट्रपतिले फिर्ता पठाएको राहदानी विधेयक संसदमा पुनः पेश गर्ने तयारी

काठमाडौं / राष्ट्रपतिले फिर्ता पठाएको राहदानी विधेयक पुनः अगाडि बढ्ने भएको छ। राष्ट्रपतिले परिमार्जनका लागि फिर्ता गरेको विधेयक सरकारले बिहीबारको प्रतिनिधि सभा बैठकमा पेश गर्ने तयारी गरेको हो। प्रतिनिधिसभाले विधेयक आजै पेश गर्नेगरी कार्यसूची तय गरेको थियो। तर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको समय अभाव देखिएपछि विधेयक विहिबार पेश हुने भएको हो । ...