सुकेधारामा बसको ठक्करबाट घाइते छात्राको मृत्यु

काठमाडौं / चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ। सुकेधारा चोकनजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा४ख ५९२० नम्बरको बसले बिहान करिब ५:३० बजे ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रह...

साम्प्रदायिक डङ्गामा बाह्र जनाको मृत्यु

नाइजेरिया / साम्प्रदायिक दंगामा परी नाइजेरियामा बिहीबार कम्तीमा १२ जनाको मृत्यु भएको छ । देशको दक्षिण्न भागम पर्ने “क्रस रिभर” राज्यमा भएको डङ्गाका क्रममा उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी अरु दर्जनौँ स्थानीय बासिन्दा घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको श्रोतले जनाएको छ । प्रहरीकाअनुसार झडपक...

भारतमा आन्दोलन जारी, तीनको मृत्यु, सयौं पक्राउ

भारत / भारतको संसदले ल्याएको नागरिकता सम्बन्धी कानुनमा मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरेको भनी केही दिनयतादेखि जारी रहेको आन्दोलनमा तीन जनाको ज्यान गएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारअनुसार बिहीबारको आन्दोलनका क्रममा त्यहाँ कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारीहरुले दिएक...

उदयपुरमा जीप दुर्घटना, तीन जनाको मृत्यु

उदयपुर / उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको भएको छ। जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भएको भारतीय जीप दुर्घटना हुदाँ तिन जनाको घटना स्थलमै मृत्यु भएको हो। भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप पल्टदा उदयपुरगढी गाउँपालिका ३ का ६०वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको ज्यान गएक...

खानीमा विस्फोट चौध जनाको मृत्यु

बेइजिङ / चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ । खानीमा रहेको ग्यास विस्फोटनपछि उक्त घटना भएको जनाइएको छ । अन्य दुई जना अझै खानी भित्रै च्यापिएको अधिकारीहरुले जनाएका छन् ।मङ्गलबार बिहानको समयमा भएको यस विस्फोटमा च्यापिए...

फिलिपिन्समा भूकम्प सातको मृत्यु

फिलिपिन्स / फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प आएको छ । यसमा भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । माग्सायसायदेखि तीन माईल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्...

नागरिकता कानुन विरुद्धको आन्दोलनमा ६ जनाको मृत्यु

गुवाहाटी / भारतमा हालै पारित भएको विवादास्पद नागरिकता सम्बन्धी कानुनको विरुद्धमा भएको आन्दोलनका क्रममा ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जनाको प्रहरीको गोली लागी मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । कानुन पारित भएदेखि नै भारतको उत्तरपूर्वी क्षेत्रमा लगातार आन्दोलन भइरहेको छ । आन्दोलनलाई ध्यानमा राखेर सुरक्षा निकायहरुले कत...

धनकुटामा ट्रेलर र टेम्पु दुर्घटना दुई जनाको मृत्यु

धनकुटा / धनकुटामा टेलर र टेम्पु ठक्कर खाँदा मृत्यु दुई जनाको मृत्यु भएको छ । छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे भने, दुई जना घाईते भएका छन् । हिलेबाट जोरपाटीतर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आईरहेको को.१ ख.६९१२ नम्बरको टेलर दिउँसो करिव १२ बजे ठक्कर ख...

बस दुर्घटनामा १३ जनाको मृत्यु, १८ घाइते

सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नं को रिजर्भ बस आज बिहान ८ः१५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना परेको थियो । दुर्घटनामा १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प...

नाइजरमा भएको आतङ्ककारी आक्रमणमा ७१ सैनिकको मृत्यु

नाइजर / नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् । यस आक्रमणमा परी अन्य १२ जना सैनिक घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ । नाइजरको पश्चिमी इलाकामा रहेको एक गाउँमा अवस्थित सैन्य शविरमा सो आक्रमण भएको हो । यसैबीच, इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहले...