भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान, ५ सैनिकको मृत्यु

एजेन्सी / भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुई देशका सैनिकविच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन भारतीय र दुई पाकिस्तानी सैनिक रहेका छन् । जम्बु कश्मीरको हाजी पीर क्षेत्रमा ३६ घन्टासम्म चलेको भिडन्तमा ति सैनिकहरु मारिएको पाकिस्तानी सेनाले जानकारी दिएको छ । पाकिस्तानी सेनाका प्रवक्ता आशीफ गफूरले दुबै क्षेत्रको नियन्त...

क्रिसमस मनाउन रिसोर्ट गएका परिवारको डुबेर मृत्यु

एजेन्सी / स्पेनको कोस्टा डेल सोल रिसोर्टमा बिदा बनाउन गएका एकै परिवारका तीनजना सदस्यको डुबेर मृत्यु भएको छ । रिसोर्टका मालिकले एक वक्तव्य जारी गर्दै क्लब ला कोस्टा वर्ल्डको स्विमिङ पुलमा उनीहरुलाई क्रिसमसको पूर्व सन्ध्यामा डुबेको अवस्थामा भेटिएको जानकारी दिए । जानकारीका अनुसार बेलायतकी ९ वर्षीया बालिकालाई पानीभित्र समस्या हुँदा उनका दाइ र बुवाले...

बस दुर्घटनामा २५ जनाको मृत्यु

काठमाडौं / बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका छन् गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर दुर्घटना भएको उद्धारकर्ताहरुले मङ्गलबार जानकारी दिएका छन् । दुर्घटनामा परेको बसमा दर्जनौँ यात्रु सवार रहेका थिए । दुर्घटनाको क्रममा सो बस १ सय ५० मिटर तल खसेको थियो । देशको दक्षिण भागमा पर्न...

धेरै छावा जन्माउने पूजाकलीको असामयिक मृत्यु

भरतपुर / लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती ‘पूजाकली’को मृत्यु भएको छ । हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको आज बिहान असामयिक मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिनुभयो । पूजाकलीको एक वर्षअघिदेखि नियमित उपचार गरिँदै आइएको निकुञ्जका वरिष्ठ चिकित्सक डा विजय श्...

नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना

काठमाडौँ / नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने विश्वास गरिएको छ । राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्न...

भारतको दिल्लीमा नौ जनाको मृत्यु

नयाँ दिल्ली / भारतको नयाँ दिल्लीमा सोमबार बिहान भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये चार महिला र तीन बालबालिका रहेका छन् । आवासीय भवनमा आगलागी भएको सरकारी अधिकारीहरुले जनाएका छन् । नयाँ दिल्लीको उत्तरपश्चिमी क्षेत्रमा पर्ने किरारीमा रहेको चार तले भवनमा आगलागी भएको हो । दिल्ली अग्नी नियन्त्रण विभागका अधिकृत अजयक...

सुकेधारामा बसको ठक्करबाट घाइते छात्राको मृत्यु

काठमाडौं / चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ। सुकेधारा चोकनजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा४ख ५९२० नम्बरको बसले बिहान करिब ५:३० बजे ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रह...

साम्प्रदायिक डङ्गामा बाह्र जनाको मृत्यु

नाइजेरिया / साम्प्रदायिक दंगामा परी नाइजेरियामा बिहीबार कम्तीमा १२ जनाको मृत्यु भएको छ । देशको दक्षिण्न भागम पर्ने “क्रस रिभर” राज्यमा भएको डङ्गाका क्रममा उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी अरु दर्जनौँ स्थानीय बासिन्दा घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको श्रोतले जनाएको छ । प्रहरीकाअनुसार झडपक...

भारतमा आन्दोलन जारी, तीनको मृत्यु, सयौं पक्राउ

भारत / भारतको संसदले ल्याएको नागरिकता सम्बन्धी कानुनमा मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरेको भनी केही दिनयतादेखि जारी रहेको आन्दोलनमा तीन जनाको ज्यान गएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारअनुसार बिहीबारको आन्दोलनका क्रममा त्यहाँ कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारीहरुले दिएक...

उदयपुरमा जीप दुर्घटना, तीन जनाको मृत्यु

उदयपुर / उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको भएको छ। जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भएको भारतीय जीप दुर्घटना हुदाँ तिन जनाको घटना स्थलमै मृत्यु भएको हो। भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप पल्टदा उदयपुरगढी गाउँपालिका ३ का ६०वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको ज्यान गएक...