उपत्यकामा सवारी दुर्घटना १४५ जनाको मृत्यु

काठमाडौँ / काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको छ । उपत्यकामा आर्थिक वर्ष २०७६/०७७ मा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको हो । जसमा ११७ पुरुष र २८ महिला रहेका छन् । यस्तै, २२९ व्यक्ति गम्भीर घाइते तथा छ हजार १९५ सामान्य घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा दुर्घटना सवारीसाधनमध्ये ...

पाकिस्तानमा बस र ट्रेन जुध्दा २० जना तिर्थयात्रीको मृत्यु

इस्लामाबाद / पाकिस्तानमा एउटा यात्रुबाहक बसलाई शुक्रबार बाटो काट्नेक्रममा ट्रेनले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २० जना सिख तिर्थयात्रीको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएको उद्धारकर्मी एवं प्रहरीले बताएका छन् । यात्रुबाहक बसमा पाकिस्तानको पंजाबस्थित नानकाना साहिबबाट फर्कदै गरेका सिख तिर्थयात्री रहेको पाकिस्तानी संचार ...

ईलाममा झुण्डीएको अवस्थामा देवर भाउजु मृत फेला

ईलाम । इलाम माङसेबुङ गाँउपालिका-६ स्थितमा दुई जना झुण्डीएको अवस्थामा मृत फेला परेका छन । मृत पेला पर्नेमा इलाम माङसेबुङ-६ मावाटोल बस्ने २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गिता राई रहेका छन । हिजो बिहान कोहि कसैलाइ नसोधि घरबाट हिडेका देवर भाउजु बेलुकासम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा आज बिहान साढे ११ बजे घरदेखी करिव ७ सय मिट...

सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप : एक जनाको मृत्यु, ३ घाइते

सर्लाही / सर्लाहीको सीमावर्ती क्षेत्रमा नेपालतर्फ आएर प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । केही भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोज्दा ति व्यक्तिलाई सोधपुछको लागि रोकेपछि सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको हो । सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ३ स्थित नारायणपुरस्थित सीमा क्षेत्रमा सश...

ट्रक र बस एक आपसमा ठोक्किँदा कम्तीमा ८ जनाको मृत्यु

मध्य प्रदेश / भारतको उत्तर प्रदेश राज्यमा बिहीबार बिहान एक यात्रु बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका ती व्यक्तिहरु आप्रवासी मजदुर भएका जनाइएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे भएको यस घटनामा अन्य ५० जना घाइते भएका बताइएको छ । गुनाको क्यान्ट पिसको एक क्षेत्रमा भएको यस घटनामा घाइतेहरुको जिल्ला अस...

सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

काठमाडौँ / भक्तपुर, पर्सा, मकवानपुर, दोलखा र कास्कीका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ की २६ वर्षीया शान्ति गौतम र वीरगञ्ज महानगरपालिका–२१ का ३० वर्षीय अनिल यादव ट्रक दुर्घटनामा मारिएका केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएको छ । उक्त कक्षबाट प्राप्त समाचारअनुसार बिहीबार र शुक्...

मोरङमा दुर्घटना, चार जनाको मृत्यु

विराटनगर / मोरङका भिन्दाभिन्दै ठाउँमा भएका सडक दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । ग्रामथान गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा को ६ प ७९६९ नम्बरको मोटरसाइकलले आइतबार बिहान ठक्कर दिँदा पैदल यात्रु ५३ वर्षीय हरिलाल माझीको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएका ग्रामथान –३ का माझीको उपचारका क्रममा नोबेल शिक्षण अस्पत...

अमेरिकी र जापानीसहित कोरोनाका कारण ७२२ जनाको मृत्यु

बेइजिङ / चीनबाट सुरु भइ विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७२२ पुगेको छ ।मृत्यु हुनेमध्ये दुई जना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले ६० बर्षिय एक अमेरिकी नागरिकको उहानमा बिहीबार मृत्यु भएको जानकारी दिएपनि अन्य विवरण भने दिएका छैनन् । त्यसैगरी अर्का एक जना ६० बर्षिय नै...

कजाकस्तान भिडन्तमा आठ जनाको मृत्यु

नुरसुल्तान / मध्य एसियाई मुलुक कजाकस्तानको दक्षिणको एक गाउँमा शुक्रबार भएको भिडन्तमा आठ जनाको मृत्यु हुनुका साथै एक दर्जन घाइते भएका छन् । कजाकस्तानका गृह मन्त्री यार्लान टुर्गुमबायेभले प्रहरी र सेनाको हस्तक्षेपका कारण स्थिति नियन्त्रणमा आइसकेको बताउनुभयो । उक्त भिडन्त स्थानीय गाउँलेहरुबीच भएको थियो । उक्त द्वन्द्व मुख्य रुपमा कजाख समुदाय र अल्प...

भाइरल ज्वरोले दुई जनाको मृत्यु, सिङ्गो गाउँ प्रभावित

मार्तडी / जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । गाउँपालिका–१ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको ज्वरोले मंगलबार मृत्यु भएको वडाध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिनुभयो । घरका पाँच जना बिरामी परेका मध्ये कडराको मृत्यु भएको र प्रभावित क्षेत्रमा औषधिसहित स...