५० लाखको कारोबार गर्दै सकियो भेडेटार महोत्सव

धरान, १८ पौष / नया बर्षलाई लक्षित गरी आयोजना गरिएकोै पा“चौ भेडेटार फुड फेष्टिबल सोमबार सम्पन्न भएको छ ।  भेडेटारमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने उद्देश्यले प्रत्येक बर्ष आयोजना गरिदै आएको महोत्वसमा ५० लाखको आर्थिक कारोबार भएको आयोजक होटल एसोसिएसन अफ भेडेटारले जनाएको छ । नया बर्षलाई लक्षित गरी पौष १६ गते देखि तीनदिनसम्म सञ्चालन गरिएको सो फेस्टिबलमा विभिन्न जातिय खाना, घरेलु उद्योगका सामग्रीहरु, फलफुल, पेय पदार्थ र मासुको व्यापारमा पर्यटकहरु बढी आकर्षित भएको होटल एसोसिएसनका सचिव जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो ।

विगतको बर्षको तुलनामा आन्तरिक पर्यटकका साथै भारतीय पर्यटकहरुको आगमनमा वृद्धि भएकै कारण  ब्यापार समेत राम्रो भएको उहाको भनाई छ । फेष्टिबलमा आन्तरिक तथा वाह्य पर्यटक गरी  ३० हजार भन्दा बढी पर्यटकहरुले फेस्टिबलको अवलोकन गरेको आयोजकको भनाई छ  । फेस्टिबलको मुख्य आकर्षण विभिन्न जातजातिको परिकार, घरेलु उद्योग, जातिय संस्कृति झल्काउने पहिरनका साथै झाकी रहेको थियो  । फेस्टिबलमा राई जातीको वाचिप्पा(तिते), लिम्बु जातीको याङवेन(झ्याउ) र नेवारी मिक्स परिकार, याम्फु जातीको कोदोको रोटी(चरिप्पा)ले मात्रै तीन लाख भन्दा बढीको कारोबार गरेको होटल एशोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दाल राईले बताउनुभयो ।

त्यसैगरी भेडेटार आएका १० हजार पर्यटकले भेडटार तथा आसपासमा रहेका रमणीय स्थलको अवलोकन गरेका होटल एसोसिएसन भेडेटारले जानकारी दिएको छ । पर्यटकको आगमन बढेकै कारण यहा रहेका साना तथा ठूला होटलहरुले फेस्टिबल अवधिमा ५० हजार देखि २ लाख सम्म कारोबार गरेका छन् । फेस्टिबल अवधिभर कलाकाहरुले देखाएको वेजोड प्रस्तुतिसंगै  यहा आउने पर्यटकहरुले नाम्जे, थुम्की आत्म बस्ने घर, साँगुरीगदी, पाथीभारा मन्दिर, बौद्ध विहार गुम्बा लगायतका पर्यटकीय स्थलको दृश्यावलोकन गरेका थिए ।

 फेष्टिबल समापन सांसद मनोहरनारायण श्रेष्ठले गर्नुभएको थियो ।  समापनमा बोल्दै सांसद श्रेष्ठले बेलाबखत हुने यस्ता फेस्टिबलले पर्यटकलाई लोभ्याउने गरेको बताउनुभयो । यसले पर्यटन विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...