२ नम्बर प्रदेशमा आफ्नो पार्टीले १०० सिट जित्ने सांसद डा. महतोको दाबी

सिरहा । संघीय समाजवादी फोरम नेपालका सांसद एवम् केन्द्रिय सदस्य डा. विरेन्द्र महतोले २ नम्बर प्रदेको चुनावमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले सिरहाको कर्जन्हास्थित् उनकै निवासमा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै सांसद डा. महतोले १ सय ३६ स्थानमध्ये एक सय स्थानमा आफ्नो पार्टी विजयी हुने दाबी गरेका हुन् ।

क्लबका केन्द्रिय सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न उक्त साक्षात्कारमा बोल्दै नेता महतोले सिरहामा आफ्नो पार्टी र माओवादी केन्द्रवीच नै कडा प्रतिष्पर्धा हुने स्पष्ट पारे । यद्धपी उनले माओवादी केन्द्रसँग प्रतिष्पर्धा भएपनि आफ्नो पार्टीका उम्मेद्धवार विजयी हुने ठोकुवा गरे ।

डा. महतोले अघि भने,‘हाम्रो पार्टीले अहिले २ नम्बर प्रदेशमा हुन गैरहेको चुनावी अभियानलाई सुक्ष्म ढंगले नियाँल्दा हामीले लगभग पहिलो पार्टी हुने प्रारम्भिक आँकलन गरेका छौं, यद्धपी यो हाम्रो दाबी मात्रै हो, चुनावी परिणाम नआएसम्म यही नै हो भनेर ठोकुवा गर्न भने अहिल्यै नै सकिँदैन र त्यो अनुचित पनि हुन्छ, ८ वटै जिल्लामा हामीले गरेको चुनावी सर्वैक्षणका आधारमा हामीले लगभग सय स्थानमा विजयी हुने आँकलन गरेका छौं।’

त्यतिमात्रै नभएर उनले एमालेले संविधान संशोधन प्रस्तावलाई राष्ट्रघातीको संज्ञा समेत दिएको भन्दै असन्तुष्टि जनाए ।उनले सिरहाका ८ नगरपालिकामध्ये ६ वटा नगरपालिकामा आफ्नो पार्टीका उम्मेद्धवार विजयी हुने समेत दाबी गरे ।

 

तपाईको प्रतिक्रिया

Loading...