हिलाम्मे वाटो छिचोलेर नारायण दम्पत्ति खोज्दै सिंहदेबी पुग्दा……….

मोरङ / मोरङ जिल्लामै पहिलोपटक अग्र्यानिक चिया खेती शुरु गरेर प्रशस्त नाम अनि दाम कमाएका मोरङ सिंहदेवीका नारायण राई र उनकी श्रीमती बिना खजुमको संर्घष अनि सफलताको कथा खोज्न हामी साउने झरीको प्रवाह नगरी हिलाम्मे बाटो छिचोल्दै कठिन यात्राका बावजुद साउन १३ गते शुक्रबार साँझ हामी सिंहदेबी  पुग्यौँ ।

भौगोलिक बिकटताका कारण मोरङ जिल्लाकै बिकट मानिने सो गाँउमा पुग्न सडकमा निक्कै सास्ती बेहोर्नुपर्यो । महेन्द्र राजमार्ग अन्र्तगत मोरङको सुन्दरहरैचा नगरपालिका स्थित  खोर्साने बाट ३७ किलोमिटर उत्तर सुनसरीको धरानदेखि ५० किलोमिटर उत्तर पुर्व,समुन्द्र सतहदेखि १६९० देखि २ हजार मिटरको उचाईमा रहेको सो क्षेत्रमा बिभिन्न समस्याहरुलाई छिचोल्दै पुर्बेली न्युजका सञ्चालक सुरेशचन्द्र दहाल सँगै हामी त्याँहा पुग्यौँ । हाम्रो त्याँहा जाने एउटै उद्धेश्य थियो नारायण दम्पत्तिको संर्घष र सफलताको कथा सबैलाई सुनाउने ।

नरेन्द्र बस्नेत

बिहान १२ बजे धरानबाट यात्रामो निस्किएका हामी साँझ मात्र सो गाँउमा पुग्यौँ । हामी पुग्नासाथ जेफालेमा भेटिएका नारायणले मुसुक्क मुस्कुराएर स्वागत गरे । उनी बिभिन्न संघसंस्थामा आबद्ध भएका कारण त्यस दिन पनि ब्यस्त रहेछन । उनले स्थानीय एक होटलमा चिया अर्डर गरेर मिटिङमा सामेल भए । हामी चिसो मौसममा चिया पिउँदै उनको प्रतिक्षामा बस्यौँ । झमक्क साँझ परेपछि उनी हामीलाई लिन आए । हामी उनको पछी लाग्यौँ । उनको घर बिहिबारेभन्दा केही मिटर पर रहेछ । केही समयपछि हामी उनको घरमा पुग्यौँ । बिना खजुम (नारायणकी श्रीमती) झनै हसिँली र फरासिली रहिछिन । उनको बोली र ब्यबहारले सारा थकान बिर्सायो । उनको घरको आँगनमै रहेको नबनिर्मित चिया प्रशोधन केन्द्रले मन लोभ्यायो । डेनमार्क सरकारको सहयोगमा सो प्रशोधन केन्द्र निर्माण भएको रहेछ ।

टिनको छानो भएको सानो चिटिक्क परेको घर, आँगनमा पाहुना सँग थकाई मार्ने, खरको छानो भएको सानो गोलघर, आसपासमा चिया बगानको लोभलाग्दो दृश्य अनि फुलबारी,बर्खामा पनि चिसो अनि बर्णन गरिसाध्य नभएको मनमोहक मौसम । गोलघरमा बस्न नपाउँदै शुरेसले योजना बनाए आहा, कति राम्रो गोलघर म पनि पछि घरमा यस्तै बनाउँछु । मैले उल्लाएँ धत् यहाँ पो लामखुट्टे आँउदैन,रातभर बस्न सकिन्छ ,इटहरीमा यसरी पुरा लुगा नलगाई आधा घण्टा बाहिर बसियो भने लामखुट्टेले स्वाहा बनाउँछ । उनले मन्द मुस्कानका साथ सहमति जनाएँ । उनले फेरी प्रश्न तेस्र्याए । के यो मोरङ जिल्ला नै हो त ? मैले आफुले जानेजती प्रष्टाँए ।

गफगाफमै बिना भाउजु अग्र्यानिक चिया लिएर आईन । दाई पनि हाम्रो छेऊमा बसे । दाजु भाउजु दुबै जना सहैं रमाईला । त्याँहा पुग्ने अन्य पाहुनाका बारेमा पनि सुनाए । अनि आफना संर्घष र सफलताका कथा सुनाए । हामी त्यो संघर्ष र सफलता सुनेर एकटकले उनीहरुलाई हेरिरहयौँ । त्यही बिचमा ध्यान भंग गर्दै दाई बोले अलिकती फ्रयूटको लोकल हानौँ ? हामीले असहमति जनायौँ । असहज पारामा दाईले भने हैन सबैजना यहाँ आएपछि लिन्छन त्यही भएर । बिहिबारेमा सञ्चालित केही घरहरुमा होमस्टे सञ्चालन भएका रहेछन । त्याँहा पुग्नेहरुको सुबिधाका लागी । मनोरञ्जन गर्न होमस्टेमा जाने र केही बुझन जानेहरु नारायणको घरमा पुग्दारहेछन । तर नारायणको घरमा कुनैदिन पनि १५ देखि २० जना पाहुना र बिभिन्न संस्थाका मानिसहरु टुटदा रहेनछन ।

करिब २ घण्टाको गफगाफपछि खानाको निम्तो आयो । हामी भान्सामा पुग्यौँ । नारायण दम्पत्ति शाकाहारी रहेछन । माछामासु पाहुनाले मागे मात्र बन्दोरहेछ । हामीले अग्र्यानिक खाना खायौँ । साह्ै मिठो खाना । हामी केही समय गफगाफपछि भोलि बिहान कुरा गर्ने बाचाका साथ सुत्यौ । बिहान चाँडै उठनुथियो । नारायण दम्पत्तिको भिडियो अन्र्तबार्ता गर्नुथियो । बिहान उठदा झण्डै सात बजिसकेको थियो । हामी हतारियौ । तर मौसमले साथ दिएन । बाक्लो हुस्सु र पानीका कारण समय पर्खनुपर्यो ।

नारायणलाई खोज्यौँ उनी त बिहानै चिया र तरकारी बगानमा पुगिसकेछन । उठन नपाउँदै हसिँलो मुद्रामा गुड मर्निङ सर भन्दै हातमा अग्र्यानिक चियाको कप बोकेर भाउजु भित्र छिरिन । केही समयपछि दाई आए । पानी रोकियो । हामीले संघर्ष र सफलताको बारेमा लामो कुरा गर्यौ । दाई भाउजुका योजना सुन्यौँ । अनि चिया बगान र तरकारी खेती नियाल्न निस्कियौँ । ३ सय रोपनी बढीमा लगाईएको चिया खेती र अग्र्यानिक तरकारी खेती नियाल्दै बिहान बित्यो । उनले आफना सबै योजना समेत सुनाए । केही घण्टापछि नारायण दाईको घरमा फर्किर्यौ । बिहानको ११ बजिसकेछ । हतारिँदै खाना खायौँ । र बिदा भयौँ । हिलाम्मे बाटो छिचोल्दै करिब ३ घण्टापछि हामी खोर्साने झर्यौ । र कार्यक्षेत्रमा लाग्यौ ।

लेखक बेतना दैनिकका सम्पादक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

Loading...