हिमालयन दर्शन कलेजमा प्रहरीको चेतनामुलक कार्यक्रम

इटहरी / पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरको टोलीले आज बिहान विराटनगरस्थित हिमालय दर्शन कलेजमा चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । क्षेत्रीय प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलबाट खटिएका प्रहरीले कलेज रोडस्थित हिमालय दर्शन कलेजका स्नातक तहका बिधार्थीहरु भेला गरी घरेलु एवं महिला हिंसा, ईन्टरनेटको प्रयोग, साइबर अपराध, बाल अधिकार, बाल बिज्याँई तथा लागूऔषध दुर्व्यसनका बारेमा जानकारी मुलक प्रशिक्षण दिएका हुन्।

“प्रहरी मेरो साथी”को ब्यानरमा रहेर नागरिक – प्रहरी हातेमालो अन्तरगत संचालन भएको उक्त कार्यक्रममा सो कलेजको स्नातक तहका पढ्ने ५१ जना छात्ररछात्रा सहभागी थिए । प्रशिक्षणलाई प्रहरी सहायक निरिक्षक सरस्वती राई, प्रहरी जवानहरु सन्तोषी गौतम र ओम राज पौडेलले सहजीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...