हिंसा अन्त्यकालागि सहकार्य

मंसिर २६ , इनरुवा / सुनसरीका सरोकारवालाहरु लैंगिक हिंसा अन्त्यकालागि सहकार्य गरी अघि बढ्न सहमत भएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुवीच सहकार्य गरी अघि बढ्ने सहमति जुटेको हो ।
महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको बहु सरोकारवालाहरुवीचको छलफलमा प्रतिवद्धता मात्रै जनाउने परिपाटीको अनत्यगरी दीर्घकालिन कार्यान्वयनमा जोड दिनेगरी अघि बढ्ने सहमति जुटाइएको हो । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली सहित सुनसरी जिल्ला अदालतका न्यायाधिस किशोर घिमिरे सहित सम्वन्धित क्षेत्रका प्रमुख तथा प्रतिनीधिको उपस्थिती थियो ।
भेलाले समग्र जिल्लाको लैंगिक हिंसाको अवस्थाको यथार्थता सहितको निरमुलिकरणको अभियान चलाउने निर्णय गरेको महिला तथा बालबालिका कार्यालय सुनसरी प्रमुख गिता न्यौपानेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया