हात्ती आतङ्कले आरक्षमै क्षति

सुनसरी १२ पुस । कोसी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक रुपमा हात्ती निस्कने गरेकाले आरक्षको कार्यालयमा कार्यरत कर्मचारी त्रसित भएका छन् । दैनिक रुपमा आरक्षको जङ्गल क्षेत्रबाट दिउँसो र राति जङ्गली हात्ती आएर कार्यालय परिसरमा बितन्डा मचाउने छन् । सोमबार दिउँसो र राति कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि आफूहरु त्रसित भएको आरक्षका संरक्षण अधिकृत श्यामप्रसाद साहले जानकारी दिनुभयो ।

सोमबार राति मात्र आरक्षको जङ्गल क्षेत्रबाट निस्केका जङ्गली हात्तीले आरक्षको पर्खाल र भान्सा कोठामा तोडफोड गरेको थियो । जङ्गली हात्तीका कारण यहाँ आउने जनसमुदायसमेत त्रसित रहेकाले यस क्षेत्रमा वनभोज लगायत कार्यक्रम नगर्न उहाँले आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया