हात्ती अातंक : त्रासमा बाँच्न बाध्य पानवारीका बासिन्दा

धरान १२ साउन : सुनसरी जिल्लाकै अति हाती प्रभावित क्षेत्र धरान ६ पानवारीमा जंगली हातीको आंतकले सर्वसाधारण चार दिन अघि देखि त्रसित वनेका छन ।
जंगलबाट आएका हातीका हुलले रातको समयमा घर भत्काउनाका साथै अन्न बाली खान थालेपछि सर्वसाधारण आतंकित वनेका हुन । हाती आतंकले पानबारीको सुकु्म्वासी क्षेत्रमा वसोवास गर्नेहरु अति प्रभावित भएको स्थानीय विज्ञान शाक्यले बताए ।

हातीले आज विहान पानवारी घोपाली टोल निवासी अमृत विकको पक्की घर भत्काइदिएको छ । विहान ३ वजे. जंगलवाट आएको हातीका हुलले पक्की घर भत्काइदिएको विकले बताए । हातीले घरको भिता भत्काइदिएको हो । त्यसैगरि गएराती ११ वजे उखुवारी टोलको जंगल नजिकै वसोवास गर्ने धव्र कटवालको पनि घर भत्काएको छ । यस अघि तीन दिन अघि पनि कटवालको घरलाई जंगलवाट आएको हातीले घर भत्काइदिनुको साथै घरमा रहेका अन्नपात समेत खाएको थियो । हातीले भत्काएको घरलाई पुन : मर्मत गर्दै गरेको अवस्थामा फेरी हातीले घर भत्काइदिएपछि कटवाल परिवारको विजोग भएको छ ।

२ दिन अघि मात्रै चारपाटे आहालको सुकुम्वासी वस्तीमा समेत एक पक्की घर भत्काएको स्थानीय कृष्ण लिम्वुले वताउनु भयो । हातीले मानवीय क्षति समेत गर्ने भएकाले पानवारीबासी राती निदाउन समेत सक्दैनन ।हातीले किसानले खेतमा लगाएको मकै , उखु , केरा लगायतको अन्नबाली खाने गरेको छ । रातको समयमा हाती आएर दुख दिने भएकाले रातभर जाग्राम वस्ने गरेको विनोद विश्वकर्माले बताएका छन् ।

पानवारी प्रहरीका अनुसार अहिले स्थानीयवासी र प्रहरी टोलीले संयुक्त रुपमा रात्रीकालिन गस्ती समेत शुरु गरेको जनाइएको छ ।तर प्रहरीले सुरक्षाको लागि जनशतिm अभाव भएको जनाएको छ ।पानबारी सुनसरी जिल्लाकै अति हाती प्रभावित क्षेत्रको रुपमा पर्दछ । दुई दशक यता मात्रै झण्ड एक दजर्न मानिसको ज्यान लिइसकेको वडा सदस्य हरि राईले वताउनु भयो । नेपालको पुर्वी नाका काकडभिट्टावाट भारतीय हातीहरु पानवारी सम्म अाँएर उपद्रो मच्चाउने गरका छन । चारकोशे झाडी हुदै सो क्षेत्रमा जंगली हाती आउने गरेका हुन । हिउदेको सिजनमा भन्दा बर्खा याममा भारतवाट आउने हातीहरु आहारको लागि प्रत्येक वर्ष आएर स्थानीयलाई दुख दिने गरेको राईले बताएका छन् ।

तपाईको प्रतिक्रिया