स्कुटर ठक्करबाट पैदलयात्रीको मृत्यु

उर्लाबारी (मोरङ), २२ साउन । पथरीशनिश्चरे–२ स्थित पूर्वपश्चिम राजमार्गमा आज स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पथरीशनिश्चरे–७ का ५० वर्षीय टंकबहादुर रम्तेलको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२७प ८७४४ नं को स्कुटरको ठक्करबाट गम्भीर घाइते रम्तेलको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...