सेरामिक ह्वील थ्रोइङ तालिम सम्पन्न

पथरी / नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा संचालित १० दिने सेरामिक तालिम सम्पन्न भएको छ । तालिम २०७४ जेष्ठ १ देखि १० गते सम्म चलेको थियो । जस्मा बिक्रम प्रजापती, जगत प्रजापती र बेदिलाल पण्डीतले माटोबाट बनाईने सजावटका सामन बनाउन सिकाउनु भएको थियो ।

 

एभरेष्ट आर्ट फुजन मोरङको आयोजनामा भएको तालिममा २० जनाले प्रशिक्ष्याथी सहभागी थिए । प्रशिक्ष्याथीहरुले बनाएका सामानहरु प्रदशनि गनुका साथै प्रशिक्ष्याथीले बनाएको पानसमा बत्ति बालेर प्रमुख अतिथी तथा सभासद चन्डी प्रसाद राईले उद्धघाटन गर्नु भएको थियो । समापनको अवसरमा राईले “यस किसिमको तालिमबाट स्वरोजगार बन्न सकिने र यस्तो तालिमहरु ब्ढि भन्दा बढि गराई आत्मानिर्भर बनाउन लागी परेको सस्था एभरेष्ट आर्ट फ्युजनलाई” शुभकामना ब्याक्त गर्नु भयो ।

सेरामिक ह्वील थ्रोइङको बारेमा सस्थाकी सस्थापक अध्यक्ष सरोजा खड्गीले जानकारी दिनुभयो । कार्यक्रममा प्रशिक्ष्याथीहरुलाई प्रमुख अतिथी राई र सभापती टिकाराक राईले प्रमाण–पत्र बितरण गर्नु भयो । तालिमबाट घरमा बसी बसी आयआर्जन गर्न सकिने र सामान बनाएर सजाउन सकीने प्रशिक्ष्याथी कुलदीप धलेले बताए ।

तपाईको प्रतिक्रिया