सुविधासम्पन्न रंगमञ्च निर्माण हुने

 

धरान, २५ पुस। सुविधासम्पन्न रंगमञ्च निर्माण हुने भएपछि धरान फेरि रंगमञ्च व्युतिने भएको छ । वि.सं. १९९७ सालबाट शुरु भएको धरानको रंगमञ्च दुई दशक अगाडिदेखि विविध कारणले सुस्ताएको थियो । अब भने धरानमा आरम्भ नाट्य डबलीले आफ्नै भवन बनाएर नाटकलाई जिवन्त दिने भएपछि धरान फेरि रंगमञ्चको सहरको रुपमा चिनिने पक्का भएको छ ।

रंगमञ्चलाई जिवन्तता दिन सुस्ताएको आरम्भले पूर्वमा रंगमञ्चलाई चलायमान बनाउदै लगेका बेला यसलाई अझ जिवन्तता राख्न आफ्नै रंगमञ्च हल निर्माण गर्ने भएको छ । रंगमञ्चको शिलान्यास नेपाल संगीत तथा नाट्य प्रतिष्ठनका उपकुलपति एवम्सा हित्यकार सरु भक्तले बन्न लागेको भवनको शिलान्यास गर्नुभयो । धरान २१ खैरेनीमा रहेको डेढ कठ्ठामा बन्न लागेको शिल्यान्सपश्चात बोल्दै उपकुलपति सरुभक्तले राजधानीमा मात्र केन्द्रित यस्ता रंगपाठशाला रंगमञ्चको सहर भनिएर चिनिएको धरानमा बन्न लागेको प्रति आरम्भका सदस्यहरुलाई धन्यवाद दिदै यसलाई सहयोग गर्न प्रतिष्ठान गम्भीर भएर लाग्ने बताउनुभयो ।

उहाले रंगमञ्चलाई जिवन्तता दिन प्रतिष्ठानका तर्फबाट सहयोगका लागि सरकारलाई झक्झक्याउने बताउनुभयो । विगतमा राम्रो नाटक प्रदर्शन गर्दा व्यवस्थित हल नहुदा धेरै लागत लाग्ने भएकोले जीवन्तता दिन नसकेको बताउदै आरम्भका अध्यक्ष गोपाल देवानले रंगशालामा चाहिने सम्पूर्ण प्राविधिक कुराहरु समेत यसैमा उपलब्ध हुने भएकोले सहज हुने बताउनुभयो । आर्थिक अभावका कारण हराएको रंगमञ्चलाई व्युुताउदै प्राकृतिक अभिनयको माध्यम नाटकलाई रंगमञ्चीय संस्कृतिमा तान्ने मुख्य लक्ष्य रहेको अध्यक्ष देवानको भनाई छ ।

२० लागत लाग्ने अनुमान गरिएको सो रंगमञ्च हलमा साउन्डसिस्टमसगै प्रिफेविकेटेड बोर्ड प्रयोग गरेर निर्माण गरिने भएकोले दिर्घकालसम्म यसको फाइदा लिन सकिने आरम्भका उपाध्यक्ष एवम् भवन निर्माणका डिजाइनर इन्जिनियर सचिन क्षेत्रीले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा कार्यक्रममा कलाकार विक्रमश्रि, विजयपुर एफएमकी स्टेसन मेनेजर हिमाल राई, ब्लाष्टका प्रधानसम्पादक एवं साहित्यकार राजकुमार कार्की, बराह ज्वेलरीका प्रशासकीय अधिकृत गंगा कालिकोटेलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...