सुनसरीको ५५ परिवार अग्नी पिडितलाई सहयाेग

इटहरी । सुनसरीको ५५ परिवार अग्नी पिडितलाई ग्रामिण स्वावलम्वन विकास केन्द्र नामक गैरसरकारी संस्थाले घर बनाएर हस्तान्तरण गरेको छ ।गत चैत अन्तिम साता आगलागि हुदाँ बराह नगरपालिका वडा ९ को कैवा टोलका ११ परिवारको घर टहरा तथा कोशी गाउपालिका ५को कुम्वयाई टोलका ४४ घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो ।

आगलागीका कारण पुर्णरुपमा क्षति व्यहोरेका बराहनगरपालिकाका कविरथ परिवारलाई ११ र कोशी गाउँपालिकाका ४४ मुस्लीम परिवारलाई घर वनाएर एक कार्यक्रमका विच बुधवार हस्तान्तरण गरिएको हो । मान्टेसर इन्टरनेशनलको आर्थिक सहयोगमा निमार्ण गरीएका घरहरु ग्रामीण स्वावलम्बन विकास केन्द्रले अग्नीपिडितहरुलाई हस्तान्तरण गरेको हो । अग्नी पिडितहरुको लागि निर्माण गरिएको घरमा शौचालय कल, वायल्स फिल्टर, समेत रहेको विकास केन्द्रका कार्यक्रम संयोजक दिपेन्द्र गौतमले जानकारी दिए ।

ग्रामीण स्वावलम्बन विकास केन्द्रको अग्निपीडित परिवारको क्षमता अभिवृद्धि सहयोग परियोजना अन्तर्गत घर बनाएर हस्तान्तरण गरेको समेत वताइयो । २०७४ बैसाख १८ गतेबाट अग्नीपिडितहरुका लागि घर निर्माणको काम थालनि गरेको जनाएको छ ।

परियोजनाले प्रति घर ७३ हजार ३ सय २५ रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको घर हस्तान्तरण कार्यक्रममा बराह नगरपालीका वडा नम्बर ९ का वडाध्यक्ष दिपक कुमार लिम्बु , ग्रामीण स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख डा दुर्गाप्रसाद पौडेल , कार्यक्रम प्रमुख शिव प्रसाद वस्याल लगायतको सहभागिता रहेको थियो ।

ग्रामीण स्वावलम्बन विकास केन्द्रले विपत , खानेपनी,सरसफाई ,तथा सिामान्तकृत समुदायका लागि जिवीकोपार्जन लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ ।सुख्खायाममा पुर्वी तराईका जिल्लाका ग्रामिण वस्तीहरुमा वर्षेनी जस्तो आगलागीबाट जनधनको क्षति हुने गरेको छ । गत वर्षको बराह नगरपालिका र कोशी गाँउपालिकाका ति वस्तीमा आगलागी बाट करोडौको नोक्सानी भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...