सुत्केरी देखि लिएर क्रीयापुत्री समेत पालमुनी जिवन विताउन बाध्य

इटहरी । गत साउन २७ गते राती आएको बाढिले विस्थापित बन्न पुगेका सुनसरीको इटहरी ३ सुनौलो बस्तीका २६ परिवार अहिले पनि पालमुनी वस्न बाध्य हुदै आएका छन । रातको समयमा आएको बाढिले घरवार बगाएका पिडितहरु दिन रातमा पुनरस्थापना हुने आशमा कष्टकर रुपमा पालमुनी जिवन विताउन बाध्य हुदैआएका हुन ।

बाढि आएको एक महिना पुरा भएपनि पुनरस्थापना हुन नसकिरहेका सुनौलो वस्तीका २६ परिवारका बृद्धवृद्धा, वालवालिका , सुत्केरी देखि लिएर क्रीयापुत्री समेत अहिले पनि पालमुनी बस्न बाध्य हुदै आएका छन । गर्मी महिना साघुँरो ठाँउमा वस्दै आएका विस्थापीत बालवालिका , वृद्धवृद्धा स्वास्थ्य समस्या समेत देखिन थालेका छन । बाढिका कारण विस्थापित भएर पालमुनी वस्दै आएकाहरु बाध्यताका कारण पालमुनी वस्नु परिरहेको गुनासो गर्दछन । अरु ठाँउमा बाढिले उठीवास वनाएको समाचार सुनेको र टिभीमा देखेको भएपनि आफुहरुले कहिले यस्तो भोग्नु नपरेको एक वृद्धा गहभरी आँशु पार्दै सुनाउछिन ।

विस्थापितहरु बस्ते आएको क्षेत्रमा शौचालय, सरसफाईको अभाव भएको तथा विस्थापितहरुको जमिन नभएको कारण पुनरस्थापना गर्न कठिन भई रहेको वडाध्यक्ष बालकृष्ण विष्ट बताउछन । उनले धामपानीमा पालमुनी वस्दै आएका बालवालिका , महिला तथा वृद्धवृद्धाहरुमा स्वास्थ्य समस्या देखिन थालिसकेको समेत जानकारी दिए । वाढिका कारण विस्थापित बन्न पुगेका सुनौलो वस्तीका १सय ७ परिवार मध्ये धेरै जसो घर मर्मत तथा आफन्तका बस्दै आएका छन भने ३६ परिवार भने अहिले पनि पालमुनी वस्दै आएको छ । गर्मी तथा झरीको समयमा पनि सुनौलो वस्तीका विस्थापितहरु नजिकी रहेका चाडपर्वले आफुहरुलाई नलागेको सुनाउदै कसरी पुनरस्थापाना हुन्छ भन्दै पुनरस्थापनाको पर्खाइमा रहेका छन । सो ठाँउमा आफना अभिभावक गुमाएका क्रियापुत्रीहरु समेत कष्ठकर रुपमा काममा बसेको देखिन्छ ।

विस्तापित वस्दै आएको सो क्षेत्रमा नेपाली सेनाले स्वास्थ्य शिवीर राहत र अन्य निकायहरुबाट पनि यदाकदा राहत सामाग्री वितरण गरिएपनि उनीहरुका लागि प्रयाप्त हुन सकेको देखिदैन ।

तपाईको प्रतिक्रिया

Loading...