सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने

मोरङ । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने भएको छ । आन्तरिक पर्यटकका लागि आकर्षक थलो बन्दै गएको सो सिमसार क्षेत्रलाई विभिन्न जीव तथा पक्षीको अध्ययन केन्द्रका रुपमा विकास गर्न लागिएको बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले जानकारी दिए । उनका अनुसार अहिलेसम्म मनोरञ्जनका लागि मात्र उपयोग हुँदै आएको सो क्षेत्रलाई अब नयाँ अवधारणाका साथ जीव तथा पक्षीको अनुसन्धान केन्द्रका रुपमा विस्तार गरिने छ ।

आन्तरिक पर्यटकका लागि एउटा गन्तव्यका रुपमा विकास भइरहेको सिमसार क्षेत्रमा बाह्य पर्यटकसमेत तान्नका लागि विभिन्न कार्ययोजना बनाउन थालिएको उनले बताए । बेतना सिमसार अवलोकन गर्न सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । अवलोकनका लागि दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेकाले सिमसार क्षेत्रभित्र आकाशे पुल, झोलुंगे पुल र पौडीपोखरी निर्माण गर्ने कार्ययोजना तयार गरिएको व्यवस्थापन समितिले जनाएको छ । रासस

यस तथ्यमा कसैको पनि दुईमत हुन सक्दैन कि, कुनैपनि परिवर्तनकारी पक्षको अन्तरनिहीत शक्ति उसको जनादेशको भावनामा लुकेको हुन्छ। यदि जनादेशको संरचना जातीय प्रतिनिधित्व प्रकारको छ भने जातीय हितको सम्बद्र्धन नै त्यस पक्षको मूलभूत ध्येय हुनेछ।

योगेश दाहालबाट थप

एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

स्वास्थ्य चौकीमा औषधि अभाव

म्याग्दीमा बाख्रापालन

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

म्याजिक भ्यान पल्टियो

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

जिउँदो मानिसलाई मृत भन्दै दाहसंस्कार गर्न पशुपति आर्यघाटमा पुर्‍याएपछि…(भिडियो सहित)

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तपाईको प्रतिक्रिया