सामुदायिक वनमा पुनः अग्नी

बेलबारी । सामुदायिक वन उपभोक्ता महासंघ मोरङको लेटाङभोगटेनीमा सम्पन्न पाचौं अधिवेशनले शनिबार पुनः अग्नी पौडेललाई नै सर्वसहमतिमा अध्यक्ष चुनेर नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा रामकृष्ण राई, महासचिवमा रेणुका दहाल, सचिवमा अर्जुनकुमार तिम्सिना र कोषाध्यक्षमा सुभद्रा भट्टराई सहित ३६ सदस्यीय समिति चयन भएको छ ।
भूपेश लिम्बूको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति र देवीप्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय नै लेखा तथा अनुगमन समिति चुनिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

२ दिनसम्म चलेको अधिवेशनमा मोरङ ९ का सांसद डिगबहादुर लिम्बूले महासंघको नवनिर्मित भवनको समेत उद्घाटन गरेका छन । अधिवेशनले सामुदायिक वन समूहमा सुशासन कायम गर्ने कुरामा जोड दिएको छ । कार्यक्रममा, सांसद डिगबहादुर लिम्बू, मोरङमा सामुदायिक वन अभियान भित्र्याउने महासंघका पूर्व केन्द्रीय सदस्य आनन्दसागर तिम्सिना तथा वन संरक्षण अभियानका कृष्णप्रसाद लुइटेल, हरिप्रसाद धिमाल, सोमनाथ भण्डारी, कृष्णप्रसाद काप्री, देवराज चाम्लिङ, गोपाल शर्मा, स्वर्गिय हिमाल राईलाई पनि सम्मानित गरिएको छ ।

कार्यक्रमका अबसरमा पत्रकार भुपेन्द्र तिम्सिना र मोहन भट्टराई सम्मानित भएका छन । यसैगरी जिल्लाका सामुदायिक वन अभियान अन्तर्गत विपन्न न्यूनिकरण सहितको उत्कृष्ट योगदान दिने वसन्त हरियाली जाँते पहिलो, नूनसरी सामुदायिक वन मधुमल्ला दोस्रो, जनसेवा र नमूना वन लेटाङ तेस्रो र वेतेनी वन उर्लाबारीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...