सामाजीक संजालदेखी समाज सेवामा

 

इटहरीः सूचना प्रविधीले मान्छेलाइ नजिक ल्यएको छ । सयौँ कोष परका मान्छेहरु पनि हातको मोबाइल र काखको ल्यपटपबाट नजिकिने सूचना र प्रविधीको युग हो यो । विज्ञान र प्रविधीको कारण साँघुरो भएको विश्व सामाजिक संजालको कारणले पनि झन साँघुरिएको कतिपयको विश्वास छ । सामाजिक संजाल प्रयोगकै कारणले मान्छेले आफुसँगैको मान्छेलाइ भन्दा कोसौँ परको मान्छेसँग कुनाकानी गर्नेगरेको आरोपहरु समेत सामाजिक संजाल प्रयोगकर्ताहरुमाथी लाग्ने गरेको छ ।

सबैभन्दा ठुलो आरोप त सामाजीक संजालको व्यस्तताको कारण युवापुस्ताहरु असामाजिक भएको पनि कतिपय मानवशात्रिहरुको आरोप छ । सामाजिक संजालमा व्यस्त भएर बाँकि संसार र आफ्नो आसपास पटक्कै नहेर्नाले सामाजीक संजाल प्रयोकर्ताहरुमा त्यस्तो आरोप आँउने गरेको छ । तर,यो आम आरोपलाइ गलत साबित गर्दै इटहरी, धरान र आसपासका सामाजीक संजाल प्रयागकर्ताहरुले आफ्नो संजाल प्रयोग गरेर समाज सेवामा सक्रिय भइरहेका छन । ट्विटेरियन सोसाइटी नामाकरण गरेरै समाजीक क्षेत्रमा सक्रिय हुनेहरुमा सबै उमेर समुहका सामाजीक संजाल प्रयोगकर्ताहरु रहेका छन ।

हिरा आचार्य अध्यक्ष रहेको सोसाइटिले अघिल्लो महिना मात्रै जिल्ला प्रशाशन कार्यालय सुनसरीबाट आधिकारित दर्ता प्रमाणपत्र लिइसकेको छ । दर्ता गरेपछि मात्रै आर्थिक तथा अन्य सामाजीक कार्यमा आधिकारितका पाँउनाले दर्ता गरिएको सोसाइटिका धरान संयोजक कुन्दन अधिकारीले बताए । इटहरी र आसपासका अस्पतालमा औषधि उपचार नपाएरु अस्पतालबाट डिस्चार्ज हुन नपाएका विपन्न बिरामीहरुलाइ सहयोग गरेर लोकप्रिय भएको सोसाइटिले पछिल्लो पटक ‘सबैलाइ न्यानो’ नामक अभियानै संचालन गरेको छ । यो कार्यक्रमको उदेश्य भनेको आर्थिक रुपमा विपन्न भएका तराईका सिमान्तकृत समुदायहरुलाइ न्यानो लत्ता कपडा बाँड्नु रहेको सोसाइटिका कार्यक्रम संयोजक आफुलाइ प्रो नीफोली भनेर चिनाउने एक अभियानकर्मिले बताए ।

‘हामी सहरमा बस्छौ तर सहर छेवैको गाँउमा जाडो कटाँउने न्यानो लुगा अभावमा गरिवले लुगलुग कान्दै रात काट्नु परेको छ र त्यो अवस्था अन्त्य गर्न हामीले यो न्यानो कार्यक्रम संचालन गरेका हौँ’, नीफोलीले भने, ‘यहि कार्यक्रम अन्तर्गत हामीले इटहरी उपमहानगरपालीका १७ को एकम्बा स्थित मुसहर टोलका ४७ घरमा न्यानो कपडा बाँडेका छौँ ।’ देश विदेशका विभिन्न दाताहरुले गरेको आर्थिक सहयोग र समुहबाट उठेको रकमले यस्तो सहयोग गरेको इटहरीका कार्यक्रम संयोजक लुरे जैसीले बताए ।

तपाईको प्रतिक्रिया