सापडिग्री सडकको उद्घाटन

बिर्तामोड पुस २४ । सैनिक बजार दक्षिण नमूना चोकबाट चरमधाप–सापडिग्री–जनता होली हुँदै गोलधाप जोड्ने सडकको एक समारोहकाबीच उद्घाटन गरिएको छ । सडकको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सीपी कडरियाले गरेका थिए । बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष अमर कन्दङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका गरामनी इन्चार्ज मोहन सुब्बा, सह–इन्चार्ज मोहन बिमली, नेकपा एमाले गाउँ पार्टी तथा नागरिक वडा मञ्चका चेतानन्द निरौला लगायतले यस क्षेत्रमा सडकको स्तरोन्नती गरिनु आफैमा गर्वको कुरा भएको बताउँदै आगामी दिनमा सडकलाई फराकिलो र उच्चस्तरीय ग्राभेल गरे यस क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित हुने बताएका थिए ।

समारोहकाबीच बाटा निर्माण गर्दा लागेको खर्चको आय–व्यय समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि कडरियाले यस क्षेत्रमा भोल्टेज सुधार कार्यक्रम लागु गर्ने र विद्युतको हाइटेन्सन लाइन विस्तार गर्ने तथा ५० केवीएको ट्रान्सफर्मर जडानका लागि योजना स्वीकृत भइसकेको बताएका थिए । कार्यक्रमको सञ्चालन बाटो निर्माण समितिका सचिव मोहन उप्रेतीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...