सम्मान तथा राहत बितरण

दुहवी / सुनसरीको दुहवीमा लायन्स क्लव अफ इटहरी सिटी इटहरी, र टिवटेरियन सोसाईटी इटहरी, सुनसरीले बिरु ऋषिदेव र अनिल ऋषिदेव लाइ सम्मान तथा राहत बितरण कार्यक्रम गरेको छ । दुहवीमा बुढी नदिको विशाल बाढी आएको बेला बाढीमा ४ घण्टा बगेकी इटहरी–४ घर भएकी सानुमाया राईको को उद्धार को लागी वीरु ऋषिदेव र अनिल ऋषिदेवलाइ सम्मान पत्र सहित नगद ४० हजार बराबरको घरायसी समान, बिरु र अनिलका पुरै परिवारलाइ पुग्ने कपडा सहित सम्मानित गरेका छन ।

कार्यक्रममा लायन्स क्लव अफ इटहरी सिटी इटहरी, र टिवटेरियन सोसाईटी इटहरी, सुनसरी जि.स.स.का सदस्य शम्भु बिश्वास,लायन्स क्लव दुहवीका अध्यक्ष रामबाबु निरौला दुहवी–३ र ५ का वडाध्यक्ष लगायतले बिरु र अनिल लाइ सम्मान सहित राहत बितरण गरेका थिए । सम्मान तथा राहत कार्यक्रममा दुहवी स्थित सुनसरी समुदायिक हस्पिटलले सानुमाया राईको उपचार निस्शुल्क गरि ठुलो योगदान गरेको भन्दै हस्पिटल संचालक सरोज कुमार सिंहलाइ पनि सम्मान गरिएको थियो ।

सानुमायाको पर्खाइमा ज्यान बचाउने वीरु ऋषिदेव, अनिल ऋषिदेव बुढी गंगा गाउँपालिका–५ खोला किनारमा रहेको सुकुम्वासी डिपु टोलमा बस्छन् ।

तपाईको प्रतिक्रिया