सन्थाल समुदायको सोरायपर्व शुरु

मोरङ,२८ पुस । सन्थाल समुदायको ठुलोपर्व सोरायपर्व मोरङमा शुरु भएको छ । पूर्वी नेपालमा वसोवास गर्दै आएका सन्थाल समुदायहरुले सोराय पर्वलाई हर्षोल्लास र महत्वका साथ मनाउने प्रचलन छ । सन्थाल समुदायले सोराय पर्व ६ दिनसम्म मनाउछन । सन्थाल समुदायका अगुवा सुरेस हेमरनका अनुसार यो पर्वमा पहलो दिन महादेव र दुर्गाभवानी र खेतको , दोश्रो दिन घरको , तेश्रो दिन लक्ष्मी र गाईको , चौथो दिन जगंल देवताको , पाँचौ दिन माछाको पुजागर्ने चलन छ । त्यसैगरी छैठौं दिन सो समुदाय मिलेर शिकार खेल्ने चलन छ ।

सो पर्वमा मान्यजनबाट आशिर्वाद थाप्ने र राम्रो लगाउने तथा मीठो खाएर नाचगान गर्दै यो पर्व मनाउने प्रचलन रहेको सन्थाल समुदायका अगुवा सुरेस हेमरनको भनाई छ । यो पर्वको अवसरमा सन्थाल समुदायको गाउँ वस्तीमा मेला समेत लाग्ने गरेको छ । सो पर्वमा आफनो भेषभुषामा तिन दिनसम्म नृत्यगर्ने चलन छ । सो समुदायले आफ्नो मातृभाषका गितमा खुम्टो, जाली र हाकाकुटक नामका नृत्य गर्छन । सन्थाल समुदायले यो पर्व वाहेक होली सोराय, अदारा जितिया साथै दशै, तिहार तथा छैठपर्व समेत मनाउने गर्दछन् । मोरङ र झापा जिल्लामा सो समुदायको बढी बसोवास छ ।

तपाईको प्रतिक्रिया

Loading...