सडक र नाला बन्दै

मोरङ, १७ पुस । विराटनगरका २४ स्थानमा सडक र नाला बनाउने काम भइरहेको छ ।  विराटनगर उपमहानगरपालिकाका इन्जिनियर भरत न्यौपानेले आगामी वर्षसम्ममा सबै काम सकिने गरी निरन्तर काम भइरहेको जानकारी दिनुभयो ।
रु साढे दुुई अर्बको परियोजना दुुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । हालसम्म परियोजनाको ७० प्रतिशत काम सकिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...