सडकहरुमा निमार्ण सामाग्री राँखिदा सवारी साधान सञ्चालनमा जोखिम

तेह्रथुम / तेहथुम सदरमुकाम म्याङलुङ तथा जिल्लामा निमार्ण भएका सडकहरुमा निमार्ण सामाग्री जथाभाबी राँखिदा सवारी साधानहरु सञ्चालनमा जोखिम बढ्दै गएको छ ।बढ्दो शहरीकरण सँगै सवारी साधानहरुको चाप बढ्दा सडकमा राखिएको निमार्णको सामाग्रीहरुले दुर्घटनाको समस्या बढ्दै गएको हो । सडकहरुमा निमार्णका सामाग्रीहरु ईटा,छट, बालुवा र गिट्टी राँखिदा सवारी साधानहरु सञ्चालनमा समस्या हुने गरेको सवारी चलाकहरुले बताउने गरेका छन ।

बढ्दो शहरीकरणको बिकास सँगै भौतिक ंसंरचनाको निमार्णहरु बढी रहँदा सडकहरुमा निमार्ण सामाग्रीहरु राँखिदा दुर्घटनाको सम्भाबनाहरु बढी रहेको स्थानीयहरुले बताउने गरेका छन ।मानिसहरु बढ्दो शहर केन्द्रित भएसंगै विभिन्न भौतिक संरचनाका समाग्रीहरु सडकमा नै राख्नाले सडक झनै साँघुरीदा सवारी साधान सञ्चालन समस्या बढ्दै गएको हो ।
निर्माण सामाग्रीहरु सडकहरुमा राखिएका सवारी साधानहरु पार्किङ का साथै अवात जावातमा समेत समस्या बन्ने गरेको छ ।

जिल्ला सदरमुकमाका साथै जिल्लाको बिभीन्न क्षेत्रमा बिस्तार हुँदै गरेको बजारहरुमा सडकलाई बेवास्ता गरी घर तथा भबनहरु निमार्णहरु कार्यलायृ ध्यान नदिँदा यस्तो समस्या बढ्दै गएको सरोकारवालाहरुले बताउने गरेका छन । स्थानीय प्रशाशनहरुले बिभीन्न समयमा यस्ता सामाग्रीलाई ब्याबश्थापनका लागी सचेत गराए पनि निमार्णकर्ताले बेवास्ता गर्ने गरेको सुक्रबारे पहरीचोकीमा ईन्र्चाच प्रशुराम गिरीले बताए ।

तपाईको प्रतिक्रिया