संसार देख्न नसक्नेहरु भारी बोकेर परिबार पाल्छन

मोरङ / दृष्टिबिहिन मानिषले के काम गर्न सक्छन भनेर तपाँईलाई कसैले सोध्योभने तपाँई सहजै जवाफ दिनुहुन्छ । ,केहीगर्न सक्दैन । खान्छ घरमै बस्छ । तर मोरङका एक दर्जन दृष्टिबिहिनको हकमा भने त्यो जवाफ गलत हुन्छ । उज्यालो हुन नपाउदै मोरङ लालभित्तीका ३२ वर्षीय दुष्टिबिहिन गोविन्द र।ई भारतको जोगवनी हानीनुन्छ । त्याँहा ५० देखि ६० हजार रुपैयाको सामान किन्नुहुन्छ ।

नाम्लो लगाएर थाप्लोमा बोकेर नेपाल आउनु हुन्छ । र नेपालका बजारमा ती सामान बेच्नु हुन्छ । एक पटक सामान ल्याएर बेच्दा दुईहजार कमाईहुने उहाँको भनाई छ । उहाँले आफ्ना बुढा भएका बुबा आमा छोरा छोरी पढाउने र भरणपोषण गर्दै आउनुभएको छ । संसार देख्न नसक्नेहरु सापाङभन्दा सक्षम छन ।

उहाँमात्र होईन , मोरङ तेतरीयाका दृष्टिबिहिन ३० वर्षीया सरोज चौधरी , बेलबारीका दृष्टिबिहिन अनील चौधरी, रोशन ताजपुरीया, पथरीका दृष्टिबिहिन अभिलेश कर्ण, सन्देश शर्मा भारतको जोगवनीबाट किरानाका सामान ल्याएर पशल पशलमा विक्री गरेर आफ्नो परीवार चलाईरहनु भएको छ । उहाँहरुले भारतको जागवनीबाट किरानाका सामाग्र किनेर भरीयाको जस्तो भारी बोकेर नेपाल आउछन र बजारबजारमा भरीयाजस्तै गरेर पुग्छन र चिनी लगायतका सामाग्री केहि सस्तोमा बेच्नुहुन्छ ।

उहाँहरुले आफना बुढा भएका बाबुआमा र छोराछोरी पाल्नुका साथै राम्रो स्कुलमा छोराछोरी पढाउनुभएको छ । भारी बाकेर रानी विराटनगर सडक खण्डमा भेटिनुभएका सरोज चौधरी भन्नुहुन्छ ,‘ हामी जस्ता संसार नदेख्नेहरु मागेर खान्छन हामीलाई माग्न लाज लाग्छ त्यसैले भारी बोकेर भएपनी परिवार पालीरहेका छौ,। गोविन्दले मेहनत गरेर दुबै छोरा छोरीलाई निजी विद्यालयमा पढाउदै आउनु भएको छ ।

उहाँले किरानाका सामान बेचेरै बोर्डीङ स्कुलमा पढाउनु भएको हो । उहाँहरु जन्मदै दुष्टिबिहिन हुनुहुन्छ । आफ्नै भारी बोकेर जिवीका चालाउने दुष्टिबिहिनहरु विए पास गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया

Loading...