शिक्षा सन्देशको पहलमा अष्ट्रेलियावासीको आर्थिक सहयोग

sgइटहरी / सलिम धिमाल बचाऔँ अभियानमा शिक्षा सन्देशलाई देशविदेश सबैतिरबाट सहयोग प्राप्त भैरहेको छ ।

आफ्नो विद्यावारिधीको लागि अष्ट्रेलिया रहनु भएका यस विद्यालयका शेयर सदस्य शुभाष कोइराला ,नारद कोराला र ललित ढकालको नेतृत्वमा सलिम धिमालको उपचारको लागि विभिन्न ६२ जना ब्याक्तिहरुबाट संकलित एकमुष्ट रकम २, ०६, २६४ रुपैया अक्षेरेपि दुई लाख छ हजार दुईसय चौसाठी रुपैया विद्यालयलाई हस्तान्तरण गरेको छ। सो वरावरको चेक प्राप्त रकम पत्रकार सम्मेलन गरी पिडितका परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको शिक्षक केशु बिरहीले जानकारी दिए । यो क्रममा हाम्रो अभियानमा सहयोग गर्नु हुने अष्ट्रेलियावासी प्रति बिद्यालय परिवार आभारी रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

Loading...