विष्ट भन्छन्–‘सर्पसँग माया बस्यो, परिवारको सदस्य झै बनेको छ ’

उर्लाबारी / उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारी उमेरले ५७ पुगिन् । प्रत्येक वर्ष उनी नाग पञ्चमीको दिन तस्विरको नागलाई पुजा गर्थिन् । यस वर्षको नाग पञ्चमी भने उनका लागि विशेष रह्न गयो । सोचभन्दा बाहिर नाग पञ्चमीको दिन जिउदो नागको पुजा गर्ने अवसर प्राप्त गरिन् । उनलाई अवसर जुराइदिने व्यक्ति थिए,सर्प संरक्षक प्रेम विष्ट । पुजा गरिसकेपछि हर्षित हुदै भनिन्–‘जिउँदो नागको पुजा गर्न पाउनु मैले कल्पना पनि गरेकी थिईन । अवसर जुराइदिनेलाई विशेष धन्यवाद । यसले सर्प संरक्षणका लागि विशेष टेवा पुग्छ । ’

शुक्रबार उर्लाबारी–३ थापाचोक स्थित शिवलिंग शिवालय मन्दिर परिसरमा नाग पुजा कार्यक्रमको आयोजना गरिएको थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र थापाको पहल र सर्प संरक्षक प्रेम विष्टको सहयोगमा नाग पुजा कार्यक्रम भइरहदा वडाध्यक्ष गञ्जबहादुर कार्की भन्दै थिए–‘६४ वर्षसम्म कुनै सर्पको पुजा गरिएको थिएन,आज पुजा गर्न जुरेको रहेछ । अब सर्प देख्ने बित्तिकै मार्ने हैन,संरक्षण गर्नुपर्छ । ’  ‘सर्पलाई कागाजमा मात्र हैन,जिउँदो नागको रुपमा पनि पुजा गर्न सकिन्छ । ’ सर्प संरक्षक विष्ट भन्छन्–‘आम मानिसमा सर्पलाई संरक्षण गर्नुपर्छ भन्ने भावना जागृत गराउनका लागि यो कार्यक्रमको आयोजना गरिएको हो । ’ सर्प संरक्षण र सर्प सम्बन्धिका भ्रम हटाउनका लागि नाग पञ्चमीको अवसर पारेर विष्टले शिवालय मन्दिरमा दुई वटा नाग(सर्प) ल्याएर पुजा गर्न वातवरण तयार पारिदिएका थिए ।
नाग पञ्चमीकै दिन जिउदो नागलाई पुजा गर्न पाउदा भक्तजनहरु हर्षित थिए । ‘ नागपञ्चमीको दिने जिउदो नागलाई पुजा गर्न धेरै कमैले मात्र अवसर प्राप्त गर्छन् । ’ स्थानीय निर्मला गौतमले भन्छिन्–‘यसले धार्मिक महत्व सँगसँगै सर्प संरक्षणमा पनि टेवा पु¥याँउछ । ’

संरक्षक विष्टले महिलाहरुलाई लक्षित गरी ती नाग मन्दिरमा ल्याएका थिए । उनका अनुसार नेपालमा सर्पको डसाईबाट बढि महिलाहरुको मृत्यु हुने गरेको छ । विहान चुलोदेखि घाँसदाउरासम्म महिलाहरु काममै व्यस्त हुन्छन् । चेतना नहुँदा उनीहरुलाई सर्प डस्दा थाहा पाउदैनन् । उपचार गर्न ढिलो हुन्छ,अनि अकालमा मृत्यु हुने गरेको विष्ट बताउँछन् ।  जिउदो नागको पुजा गरिसकेपछि जनचेतना पैmलाउदा प्रभावकारी हुने विष्टको ठहर छ । शुक्रबार उनले त्यही गरे । नाग पुजा गरिसकेपछि उपस्थितहरुलाई उनले सर्पबाट कसरी सुरक्षित हुने,सर्पले टोकेपछि के गर्ने,सर्पलाई किन संरक्षण गर्ने जस्ता विषयहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागी स्थानीय युवा सुमितसेन थापाले भने–‘सर्प सम्बन्धि सधैँ नकरात्मक भइयो,यसको सकरात्मक पक्षबारे जानकारी लिनका लागि कहिल्यै कोशिस गरिएन,त्यही भएर यसको संरक्षण हुन सकेन । ’


सर्पले आपूmलाई असुरक्षित भएको महुशुस गर्दा मात्र टोक्छ । बासस्थान भत्किन थालेपछि सर्प मानिसको घरमा आएर बस्ने विष्टको भनाइ छ । उसलाई अवरोध भएपछि मानिसलाई टोक्छ । सर्पलाई माया गरे केही नगर्ने विष्टले बताए ।  ‘सर्पले डस्ने बित्तिकै घाउ भएको स्थानलाई हल्लाउनुहुदैन । खुट्टामा टोकेको छ भने हलुका तवरले घुँडासम्म ब्याण्डेज लगाउनुपर्छ । ’ भने–‘अनि दुवैपट्टि काम्रो लगाएर जतिसक्दो चाँडो अस्पताल पुग्ने । ट्यिूब, इजार,पाइपले बाँध्दा घाउ झन पैmलन सक्छ,त्यसैले चनखो हुनुपर्छ । ’

सर्प संरक्षणका लागि भनेर नेपालमा जिउदो नागको पुजा विरलै हुने गरेको छ । सर्प संरक्षक प्रेम विष्ट दावी गर्दै भन्छन्–‘नेपालमा नाग पञ्चमीको दिन जिउदो नागको पुजा गर्ने अवसर जुराइदिन स्वयमं सरकार आँट गर्न सक्दैन । ’  नाग पञ्चमीको दिन नेपालमा सपेराले सर्पको पुजा गरेपनि ती सर्पहरुको दाँत निकालिएर अंगभंग बनाइएको हुन्छ । विष्ट दावी गर्दै भन्छन्–‘भारतका विभिन्न ठाँउबाट सपेरा नेपाल आएर सर्पको तस्करी भारत तर्फ गर्ने गर्छन् । सरकार मौन छ । ’  सर्पले टोकेपछि प्रयोग गरिने एन्टि स्नेक भेनम नेपालमै निर्माण हुनुपर्छ भन्दै अभियानमा लागेको विष्टको भनाइ अनुसार एउटा सर्पले धेरैको ज्यान बचाउन सक्छ ।

विष्टले यस अघि २०६८ सालमा विराटनगर स्थित आप्mनै घरमा जिउदो नाग पुजा गर्ने अवसर स्थानीयलाई दिलाइदिएका थिए ।  शुक्रबार उनले ल्याएका ती सर्प मंगलबारेबाट केही महिनाअघि उद्धार गरिएका गोमन प्रजातिका हुन् । सेक्टर वन कार्यालय मंगलबारेमा वन रक्षकको रुपमा कार्यरत उनी भन्छन्–‘ सर्पसँग माया बसेछ, परिवारको सदस्य जस्तो भएको छ ।’  विगत तिन दशकदेखि सर्प संरक्षण अभियानमा लागेका विष्टले तीन हजार आठ सय बढि गोमन र करेँत प्रजातिका सर्प उद्धार गरेका छन् ।

तपाईको प्रतिक्रिया