विश्वकर्मा युवा समाजले धरानमा रक्तदान कार्यक्रमको आयोजना

धरान । विश्वकर्मा युवा समाजले आज धरानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समाजले प्रतिष्ठानमा उपचारमा आएका विरामीहरु रगतको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले धरान २ रत्नरोडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा ४५ पिन्ट रगत संकलन भएको छ । अहिले अहिले रक्त सञ्चार केन्द्रमा रगतको कमी हुदै गएकोले यसले थोरै भएपनि सहयोग पुग्ने भएकोले आफूहरुले रक्तदान कार्यक्रमको आयोजना गरिएको विश्वकर्मा युवा समाजका अध्यक्ष युवराज शंकरले बताउनुभयो ।

विश्वकर्मा युवाहरुलाई सामाजिक कार्यप्रति आकर्षित गर्ने उद्देश्यले गठन भएको यो संस्थाले विगतमा समेत चरम रगत अभावको समयमा रक्तदान कार्यक्रमको आयोजना गरेर धेरैको ज्यान बचाएको थियो । गतसालको महाभूकम्पका समयमा घाइतेहरुको उपचारमा रगतको अभाव देखिएपछि केन्द्रसंग सहकार्य गरेर साउन २ गते समेत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सो बेला समेत समाजले ७१ पिन्ट रगत संकलन गर्न सफल भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...