विश्वकर्मा युवाहरुलाई नेतृत्व विकाश तालिम

धरान । आसन्न निर्वाचनलाई लक्षित गर्दै धरानका विश्वकर्मा युवाहरुलाई नेतृत्व विकाश तालिम प्रदान गरिएको छ । स्थानीय निकायको निर्वाचनमा संविधानले दलित महिलाको अनिवार्य प्रतिनिधीत्वको ग्यारेन्टी गरे पछि जेठ ३१ गते हुन लागेको निर्वाचनलाई लक्षित गरि धरानका युवाहरुलाई नेतृत्व विकाश तालिम प्रदान गरेको हो ।

विश्वकर्मा युवा समाज धरानको आयोजनामा आउँदो निर्वाचनमा दलित समुदायको  प्रतिनिधीत्व सुनिश्चित गर्न र उनीहरुको क्षमता विकाश गर्न २ दिने युवा  शषक्तिकरण तालिमको आयोजना गरेको छ ।

राजनीतिक पार्टीहरुले दलित उम्मेदवार पाउन नसकी रहेको अवश्थामा दलित समुदायबाट प्रभावकारी  प्रतिनिधीत्वका लागि तालिमले भुमिका खेल्ने समाजका अध्यक्ष युवराज शंकरले  बताउनुभयो ।

तपाईको प्रतिक्रिया