विकासे वजेटमा पुर्व प्रअ निरौलाको मनपरी

सुनसरी, ३ असार । सुनसरीको खनार स्थित गणेशमार्गमा वनिरहेको कालोपत्रेमा उपभोत्त समतिले मनपनरी गरिरहेको पाइएको  छ । नेपाल सरकारको जगेडाकोषको लगानीमा वनिरहेको कालोपत्रेमा  स्थानिय उपभोत्ताको केहि व्यत्तिहरुको हालीमुहाली भएको सदस्यहरुले गुनासो गरेका छन् । कोशी राजमार्गदेखी भित्रि गाउँसम्मको ३ सय ५४ मिटरको वाटोमा भइरहेको कालोपत्रेमा उपभोत्ता समितिका अध्यक्ष विनिता गिरीलाइ प्रभावमा पारेर कोषाध्यक्ष मुत्तिनाथ निरौलाले मनपरी गरेको सदस्यहरुले गुनासो गरेका छन् । निरौला स्थानिय शारदा माविका पुर्व प्रअ हुन् ।

 

इटहरी उपमहानगरपालिकाले दिएको जगेडाको कोषको २५ लाख रुपैया सहित स्थानियले उठाएको २५ लाखमा वन्नु पर्ने उत्त कालोपत्रेमा उपभोत्ता समितिले मनपरी गरेकोले खख्तियार दुरुपयोग अनुसन्धान अयोग इटहरीमा उजुरी परेको दिने तयारी गरेको छ । समय भन्दा निकै ढिलो भएको काममा पनी गुणस्तरको कुनै ख्याल नगरी उपभोत्ता समितिको केहि व्यत्तिले आफु खुशी निर्माण समाग्री झारेको निवेदनमा उल्लेख गरिएको छ । २ सय ९० रुपैयामा समितिले निर्णय गरेको माटोको ३ सय भन्दा वढि रुपैया भुत्तानि गरेको देखिएको छ । त्यसतै हचुवाको भरमा माटो झारेर उपभोत्ता समितिका केहि व्यत्तिहरुले अनियमितता तरिकाले माटो विक्रि गरेको निवेदनमा उल्लेख गरिएको छ । त्यसतै असार सम्म सववेसको काम गरिसकेको हुन पर्नेमा अहिले सम्म ग्राभेलको काम मात्र गरेको भन्दै इटहरी उपमाहानगरपालिकाले चासो व्यत्त गरेका छन् । इटहरी उपमहानगरपालिकाका प्राविधिक रविण आचार्यले आफुले गुनासो सुनेको भन्दै यस काम निकै ढिला भएको वताएका छन । अन्य कामको विषयमा आफुहरुले कुनै जाच गनरेकोले यसै भन्न नसिकिने बताए ।

यस विषयमा उजुरी परेको आधारमा सम्वन्धीत निकायले समेत छानविन गर्ने उनले बताए । त्यसतै योजना शाखाका प्रमुख जिवन घिमिरेले यस विषयमा निकै गुनासो आएएको वताउदै नगरपालिकाले चाडै स्थलगत अनुगमन गरेर ठोस निर्णय लिने बताए । यसै विच समितिले निर्णयनै नगरि गिटि झोरेको उपभोत्ता समितिका अध्यक्ष विनिता गिरिले स्विकारेकिछिन् । त्यसतै उपभोत्ता समितिका सचिव हरिनरायण चौधरीले समेत आफुलाइ गिटि र नर्मिाण समाग्रीमा प्रयोग हुने मेसिनको वारेमा कुनै जानकारी नभएको बताए

तपाईको प्रतिक्रिया

Loading...