लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडीले अपागंता भएकाहरूलाई सामाग्री प्रदान

इटहरी । लायन्स क्लवको स्थापनाको ४७ वर्ष पुरा गरेको अवसर पारेर लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडीले अपागंता भएका सात जनालाई आवश्यकता अनुसारका सहयोगी सामाग्रीहरु प्रदान गरिएको छ ।  सामाजिक क्षेत्रमा सेवा पुराउदै आएको लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडिले शारिरीक रुपमा अशक्त इटहरी ३ का बसन्त धिमाललाई व्ह्ीलचेयर, झुम्काकी राधा चौधरीलाई ह्वाइटकेन्य उपलब्ध गराएको हो । त्यसै गरी अन्य पाँचजना अपागंता भएकाहरुलाई समेत सहयोग सामाग्री वितरण गरिने उनीहरुको घरमै पुगी हस्तान्तरण गर्ने क्रिएटिभ लेडिकी अध्यक्ष गिता अधिकारी पौड्यालले वताइन ।

अपागंता भएकाहरुलाई जिवनयापनका लागि सहयोग पुगोस भनेर अम्वीका पौड्याल र उमादेवी पौड्यालले ४० हजार बरावरको सामाग्रीहरु उपलव्ध गराएको सो अवसरमा जानकारी गराइयो । कार्यक्रममा लायन्स क्लवका राजन खत्री , विमल पौड्याल , चेलीवेटी अपागं महिला समाजकी अध्यक्ष दिलकुमारी राई , पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्का लगायतको उपस्थीती रहेको थियो । यसै गरी लायन्स क्लवकै स्थापना दिवसको अवसर पारेर लायन्स क्लव ग्रिन सिटी इटहरीले इटहरीमा रहेको निः साहाय आश्रमका अनाथालयका बालवालिकाहरुलाई मिष्ठान वितरण गर्नुका साथै इटहरी चौकमा दिप प्रज्ववलन गरेको ग्रिन सिटीका सदस्य हिरा आर्चायले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading...