लागूऔषध विरुद्धको अभियानमा सक्रिय प्रहरीहरु पुरस्कृत

 उदयपुर / उदयपुरमा लागू औषध विरुद्धको अभियानमा सक्रियता पूर्वक काम गर्ने प्रहरीहरु पुरस्कृत भएका छन । ६२ औ प्रहरी दिवसको अवसरमा जिल्लाका दुई प्रहरी नायव निरिक्षक, दुई प्रहरी हवल्दार सहित तिन प्रहरी जवान पुरस्कृत भएका हुन ।

पुरस्कृत हुनेहरुमा प्रहरी नायव निरिक्षकहरु लालपत्ता प्रहरी चौकीका शंकर प्रसाद खतिवडा, नगर प्रहरी कार्यालयका बुद्धिमान चोम्हाङ्ग, प्रहरी हवल्दारहरु कुल प्रसाद पाण्डे र सुरेन्द्र लम्साल साथै प्रहरी जवानहरुमा भवेन्द्र सुवेदी, राजेश राउत र सन्देश तामाङ्ग रहेका छन ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यलयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका थिए ।पछिल्लो समय जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध विरुद्ध कडाई गरेपछि कारोवारमा संलग्न पक्राउ पर्न थालेका छन ।

भदौ यता मात्र प्रहरीले ४९ जनालाई पक्राउ गरि मुद्दा दर्ता गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले लागुऔषधविरुद्धको कारवाही चलाउँदा ४९ जनालाई पक्राउ गरी २३ वटा मुद्दा दर्ता गरेको प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया