लागुऔषधसहित दुई पक्राउ

मोरङ । मोरङको छुट्टा छुट्टै स्थानबाट सोमबार लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका ६ बाँसबारी बस्ने २१ वर्षिय समिर पासवान र मोरङ हर्चनगढी(८ का २० वर्षिय भुपेन्द्र प्रसाद साह रहेका छन्। पासवानलाई सोमबार साँझ लागूऔषध नियन्त्रण ईकाई विराटनगरबाट खटिएको टोलीले विराटनगर २१ स्थित रानी भन्सार कार्यालयको ढाट नजिकैबाट पक्राउ गरेको हो।

पासवानले आफ्नो शरीरमा सेतो टेपले बाँधेर भारतीय बजार जोगबनीबाट लागूऔषध ल्याउँदै थिए। उनको साथबाट एभिल ५० एम्पुल, डाईजोल्याब ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल, फेनारगन ५० एम्पुल, नाईट्रोसन ट्याब्लेट १०० पिस र कोरेक्स दुइ बोतल बरामद भएको छ। त्यसैगरी मोरङको हर्चनगढी ८ बाट पक्राउ परेका साहको साथबाट ६ बोतल कोरेक्स र ३० पिस नाइट्रोसन ट्याब्लेट बरामद भएको छ। दुबैलाई इलाका प्रहरी कार्यालय रानीमा राखि अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...