राष्ट्रिय एकता कायम गर्न राजनीतिक अबस्था सुधार गर्नुपर्ने सुझाव

बेलबारी । राष्ट्रिय एकता दिबसका अबसरमा बुधबार राष्ट्रिय एकता कायम गर्न के गर्नुपर्ला ? भन्ने बिषयक सुझाब संकलन कार्यक्रममा राजनीतिक अबस्थामा सुधार गर्नुपर्छ भन्ने बिषयमा सबैभन्दा बढी ३८ दशमलब ७८ प्रतिशत मत प्राप्त भएको छ । मोरङको कोसीहरैचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा क्रियाशिल सामाजिक संस्था एकता सिर्जनशिल बिद्यार्थी समाजले एक भोट एक बिचार,समृद्ध मुलुकको आधार भन्ने नारासहित क्याम्पसका १ हजार २२ जना बिद्यार्थी र प्राध्यापकहरु सँग सुझाब संकलन गरेको थियो ।

प्राप्त सुझाबलाई बिद्यार्थीहरुले इलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख रामजी कटुवाल मार्फत जिल्ला प्रशासन कार्यलयलाई बुझाएका छन । सुझाब संकलनका क्रममा जातिय भाषिक लैगिंक समानतामा २२ दशमलब ७४ प्रतिशत,देशको सम्पुर्ण स्रोत साधनमा समान पहुँचमा २१ द्यशमलब २६ प्रतिशत र मौलिक बिचारमा १४.३७ मत परेको छ भने ३.४४ मत बदर भएको छ । सुझाब संकलनका क्रममा क्याम्पसका सहायक प्रमुख प्राध्यापक चन्द्रमणि राईले पहिलो सुझाब दिएका थिए ।

बि.स २०७० सालदेखि सो क्याम्पसमा क्रियाशिल सो संस्थाले बिभिन्न सामाजिक कामहरु समेत गर्दै आएको संस्थाका संस्थापक सचिब तथा पुर्बअध्यक्ष मिलन घिमिरेले जानकारी दिएका छन । उता नेपाललाई हिन्दु राष्ट्र कायम गराउनु पर्ने माग गर्दै बुधबार विराटनगरमा र्याली निकालिएको छ । पृथ्वी जयन्तीको सन्दर्भ पारेर नेपाल विद्वत परिषदले जिल्ला प्रशासन चौकबाट निकालेको र्यालीले बजार परिक्रमा गरेको छ । र्यालीका सहभागीले नेपाललाई हिन्दु राष्ट्र कायम गराउनुपर्ने र गौहत्या बन्द गर्नुपर्ने माग गरेका छन् । सहभागीले राजा पृथ्वीनारायण साहको तस्विर बोकेर उनको जयजयकार गाउँदै विदेशी हस्तक्षेप बन्द गर्नुपर्ने नारा समेत लगाएका थिए । पृथ्वी जयन्तीकै अबसरमा सुनसरीको इटहरी लगायत देशका बिभिन्न ठाँउमा कार्यक्रमहरु भएका छन ।

तपाईको प्रतिक्रिया

Loading...