विराटनगर राधाकृष्ण रथ यात्रा सम्पन्न

वर्षा र बाढीका कारण सात किलोमिटरको रथ यात्रालाई चारमा सीमित

विराटनगर, ३१ साउन । ऐतिहासिक राधाकृष्ण रथ यात्राको ५० आँै संस्करण आज विधिवत् रुपमा सम्पन्न भएको छ ।  श्री कृष्णजन्मा अष्टमीको भोलिपल्ट विरानगर–३ को पानी ट्यांकीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथ यात्रा विरानगरको मुख्य बजार क्षेत्र हुँदै महेन्द्रचोक पुगेर पुनः सोही मार्ग हुँदै राधाकृष्ण मन्दिरमा पुगेर समाप्त भयो ।

रथ यात्राको दर्शन गर्न हजारौँको संख्यामा सर्वसाधारणको उपस्थ्तिि रहेको थियो । वर्षा र बाढीका कारण बाटो अवरुद्ध भएकाले विगतका वर्षहरुमा हुने गरेको सात किलोमिटरको रथ यात्रालाई चार किलोमिटरमा सीमित पारिएको थियो ।  विसं १९८८ देखि खट यात्राबाट सुरु भएको यस धार्मिक कार्य विसं २०२५ देखि रथ यात्राका रुपमा परिणत भएको छ ।

तपाईको प्रतिक्रिया

Loading...