राजा आउ देश बचाउ भन्दै इटहरी परिक्रमा

इटहरी, २७ पुष ।  पृथ्वीनारायण शाहको २९५ औ जन्मजयन्तिका अवसरमा राप्रपा निकट राट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनले इटहरीमा पृथ्वीनारायण शाहको तस्वीर सहित राजा आउ देश बचाउ भन्ने नारा लगाई बजार परिक्रमा गरेका छन । राप्रपा नेपालका बरिष्ठ नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाको घरबाट निक्लिएको जुलुशले इटहरी उपमहानगरपालिका क्षेत्रको मुख्य बजार क्षेत्रका परिक्रमा गरी इटहरीको मुख्य चोक आई पुगेको थियो ।

तत्कालिन राजा बीरेन्द्रको भत्काईएको सालिक परिसरमा जुलुश र ¥यालीपछिसाँझ दिप प्रज्वलन गरेर पृथ्वीनारायण शाहले टुक्रा टुक्रामा विभाजित अवस्था रहेको देशलाई समृद्ध नेपालका रुपमा स्थापित गरेको इतिहाँसकै कारण श्री ५ पृथ्वीनारायण शाह हरेक नेपालीको मस्तिष्कमा राष्ट्र निर्माताका रुपमा पुजनीय रहनु भएको चोकमा भएको कोणसभा बक्ताहरुले आफ्नो धारणा राख्नुभएको थियो ।

करिव डेढ सयको सङ्ख्यामा रहेका राप्रपाका नेता तथा कार्यकर्ताहरुले नेपालीहरुले यो वा त्यो बहानामा देश नै समाप्त पार्ने खेल भई रहेकाले देशको भविष्य बचाउनका लागि राजसंस्थाको अपरिहार्यता देखिन थालेकोमा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...