राँके मेलाको खुल्ला नृत्य प्रतियोगिता उपाधी ओख्रेलर्इ

 तेह्रथुम । तेह्रथुमको छथर गाँउपालिका ३ पञ्चकन्यामा ऐतिहाँसिक राँके मेलाको आयोजित नबअभीयान युबा क्लब छथर गाँउपालिका ५ ओख्रे खुल्ला नृत्य प्रतियोगिताको उपाधी हात पारेको छ । प्रतियोगिताको उपाधी हात पारे सँगै क्लबले नगद १० हजार प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितमा संगित समाज सेवा युबा क्लब छथर जोरपाटी २ परेवादिन धनकुटा दोश्रो र एमवाई सी मेहेलबोटे छथर गाँउपालिका ४ तेह्रथुम तेश्रो भएको क्बलका बिशेष सल्लाहाकार चिन कुमार कुरुम्भङले बताए ।

दोश्रो र तेश्रो स्थान प्राप्त गर्न सफल भएका क्लबहरुले नगद क्रमस ६ हजार र २ हजार प्रमाण पत्र प्राप्त गरेको क्लबका पुर्ब अध्यक्ष फौदराज कुरुम्भङले बताउनु भयो । प्रतियोगितामा तेह्रथुम धनकुटा जिल्लाका ११ वटा क्लबहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बिजेता क्लबहरुलाई प्रमुख अतिथी वडा अध्यक्ष तुलसीजंग थापाले प्रदान गर्नु भएको थियो । प्रतियोगिता मिरमिरे याक्थुङ युबा क्लब छथर पञ्चकन्या तेह्रथुमको आयोजनामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया